


लकडाउनमा सस्तो मूल्यमा अण्डा बिक्री, किसानको लगानी डुब्दै


-
-
बैशाख २३ गते, २०७७ - १५:४०

गलकोट । लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् । बागलुङलाई अण्डामा आत्मनिर्भर गराउने उद्देश्यले दुई वर्षअघि जिल्लाको बागलुङ नगरपालिका–१३ पैँयुपाटामा स्थापना भएको बलेवा बहुउद्देश्यी कृषि तथा पोल्ट्री उद्योगले अण्डा उत्पादन गर्दै आएको छ ।
बजारमा अण्डाको माग घटेपछि अण्डा सप्लायर्सले कम मूल्यमा पाएको अण्डामात्र खरिद गर्न थालेपछि अण्डा उत्पादक कृषक मर्कामा परेको उद्योगका सञ्चालक प्रकाश सुवेदी रखालले जानकारी दिए । “करोडौँको लगानी गरेको उद्योगमा लकडाउनका कारण शुरुमा अण्डा बिक्री नै भएन, गोदाममा अण्डा थुप्रिन थालेपछि सस्तो मूल्यमा भए पनि अण्डा बेच्न थालियो”, रखालले भने ।
प्रतिअण्डा रु १२।५० सम्म बिक्री गर्दै आएकामा लकडाउनपछि प्रतिअण्डा जम्मा रु नौ सम्ममा बिक्री गर्दै आएको बताए । पोल्ट्री उद्योग शुरु गरेको छोटो समयमै राम्रो आम्दानी हुन थाले पनि लकडाउनका कारण घाटामा जान थालेको रखालको भनाइ छ ।
रखालका अनुसार अण्डाको मूल्य घटे पनि दानाको मूल्य बढ्ने अवस्थामा रहेको कारण दाना किनेर कुखुरा पाल्नै समस्या हुन थालेको हो । उनको फार्ममा अहिले करिब चार हजार लेयर्स जातका कुखुराका रहेका छन् । दैनिक तीन हजार ५०० बढी अण्डा उत्पादन गर्ने फार्मले बागलुङ बजारमा अण्डाको माग घटेपछि पोखरासम्म पुर्याएर सस्तो मूल्यमा अण्डा बिक्री गर्दै आएको छ । “दानाको मूल्य घट्लाभन्दा बढ्ने अवस्थामा छ”, उनले भने, “लकडाउन लम्बिँदै जाँदा लगानी डुब्ने खतरा भयो ।” रु एक करोड ६० लाखको लागतमा स्थापना गरिएको पोल्ट्री उद्योगले बागलुङलाई अण्डामा आत्मनिर्भर गराउन ठूलो योगदान पुर्याउँदै आएको छ । फार्ममा चार कामदारले रोजगारी पाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने
- काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
- राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी