Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठमाडौँमा ज्यामीको गुनासो : हामी समस्यामा पर्यौ

काठमाडौ । “काठमाडौँमा दैनिक ज्यालादारी गर्थें । लामो समय भयो लकडाउन भएको पनि । दिनभर कमाउने र साँझ बिहान खाने गरेको थिएँ । खाद्य सामग्री सकियो ।” यो भनाइ चन्द्रागिरि नगरपालिका १५ सतुङ्गलमा बस्दै आएकी विनिता राईको हो । ओखढुङ्गाबाट काठमाडौँमा ज्यालादारी गर्न आएकी राईको खाने सामल सकिएपछि केही दिन छिमेकीले खुवाए ।

उनले भनिन्, “मर्न गाह्रो हुँदोरहेछ, घर जाउँ भने सवारी साधन चलेको छैन, यहाँ गरिखान नसकिने भयो ।” कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण सबैजसो नागरिक घरभित्रै छन् । घरमा भएका र पैसा हुनेले बजारबाट खरिद गरेको भए पनि नहुनेका लागि को दाता भेटिएला भनेर खोज्नुको विकल्प छैन । लकडाउनका कारण सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी श्रमिक परेका छन् । यस्तै अध्ययनका लागि आएका विद्यार्थीसमेत उस्तै पीडामा छन् ।

ओखलढुङ्गाका जीवन भुजेल पनि विनिताले जस्तै दैनिक ज्यालादारीमा काम गर्थे। पछिल्लो डेढ महिनादेखि कामकाज ठप्प छ । निर्माण क्षेत्रमा काम रोकिएको छ । नियमित काम भएको समयमा दैनिक रु एक हजार ३०० कमाउने भुजेललाई पछिल्ला दिनमा प्राण धान्न नै समस्या परेको छ । रासससँगको कुराकानीका क्रममा भुजेलले भने, “केही दिन घरमै भएको खायौँ र लकडाउन बढ्दै जाँदा खाने सामल पनि सकियो । घर जानका लागि सवारी साधन पनि छैन । ठूलो समस्यामा पर्याै, हामी ।”

राई र भुजेलले आज चन्द्रागिरि नगरपालिका–१५ को संयोजनमा सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीले वितरण गरेको राहत पाएपछि प्रसन्न हुँदै भने, “अब १५ दिनका लागि हामीलाई खाने सामलको कुनै चिन्ता नहुने भयो ।” गुल्मीका गीता रायमाझी पनि सतुङ्गल क्षेत्रमा नै दैनिक ज्यालादारी काम गर्छिन् । लकडाउनका कारण रोजीरोटी खोसिएपछि उनलाई पनि खाद्यान्नको अभावले सताएको छ । गाउँका अन्य मानिस घर फर्के पनि आफूलाई जानकारी नहुँदा जान नपाएको बताउँदै उनले भनिन्, “कोठमा चामल सकियो । सानो बच्चा छ । कसरी प्राण धान्ने भन्ने चिन्ताले सताएको थियो । आज थोरै भए पनि राहत पाइयो, अब केही दिनलाई पुग्छ ।”

केदार खत्री सिन्धुपाल्चोक ठोकर्पाबाट काठमाडौँमा ज्यालादारीका काम गर्न आएका हुन् । लकडाउनका कारण ठेकेदारले काम छैन भन्दै नबोलाएपछि दैनिक आउने ज्यालासमेत रोकिएको गुनासो गरे । “काम भए पो पैसा पाउनु, कामै नभएपछि पैसा देऊ भन्न पनि गाह्रो, बिहान बेलुकाको छाक धान्नै गाह्रो भयो”, खत्रीले भने, “स्थानीय सहृदयी मनहरुले हामी जस्ता मजदुरलाई सानो सहयोग उपलब्ध गराउनुभयो । यो नै हाम्रा लागि ठूलो भएको छ ।”

स्थानीय समाजसेवी गणेश थापाले सिभिल होम्समा बस्दै आएका १२३ घर परिवारले जम्मा गरेको राहत स्थानीय ज्यालादारीमा काम गर्ने मजदुरलाई वितरण गरेको जानकारी दिए। सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीका सदस्यसमेत रहेका थापाले मुट्ठी दानबाट जम्मा भएको राहत सामग्री वितरण गर्न पाउँदा आफूलाई समेत खुशी लागेको र विपद्को समयमा आफू मात्रै बाँचौँ भन्ने मानसिकता त्यागेर अरुलाई पनि बचाउनेतर्फ लाग्नुपर्ने बताए ।

“सानो सानो सहयोगले पनि समस्यामा परेका नागरिकलाई सहयोग गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरेका छौँ, अन्य स्थानमा समस्यामा परेका नागरिकलाई आफूले सकेको राहत उपलब्ध गराउँदा धर्म हुन्छ । यसतर्फ ध्यान दिन आग्रह गर्दछु”, थापाले भने । सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीले २३० दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई आज राहत उपलब्ध गराएको हो । परिवार सङ्ख्याका आधारमा सोसाइटीले १० देखि १५ किलो चामल, दुई किलो दाल, मस्यौरा, नुन र साबुन राहतमा उपलब्ध गराएको छ । चन्द्रागिरि–१५ का वडाध्यक्ष उत्तमबहादुर राउत आफ्नो वडामा मात्रै कूल १३ हजार ६०० जनसङ्ख्या रहेको र बाहिरबाट आएकाहरुको सङ्ख्या पनि उत्तिकै रहेको बताउछन् ।

“हाम्रो वडामा रहेका कोही पनि भोको बस्न नपरोस् भनेर विशेष ध्यान दिइएको छ । नागरिकता नभएकालाई समेत हामीले राहत वितरण गरेका छौ”, राउतले भने । वडा कार्यालयले वडा क्षेत्रभित्र सरसफाइ, जनचेतना जगाउने काममा उत्तिकै ध्यान दिएको छ । मास्क वितरण, हात धुन सिकाउनेदेखि राहत वितरणमा समेत उत्तिकै ध्यान दिइएको जानकारी दिँदै वडाध्यक्ष राउतले ठूला सडकका निःसङ्क्रमण गराउने औषधि छिट्ने कामसमेत निरन्तर भइरहेको बताए ।

कूल १५ जनाको युनिट नै तयार पारेर स्वास्थ्य जागरण तथा जनचेतना जगाउने काममा २४सै घण्टा क्रियाशील रहेको उल्लेख गर्दै थापाले वडाभित्र बस्ने जोसुकै समस्यामा परे पनि आफूलाई तत्काल सम्पर्क गर्न आग्रह गरे । नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी खाने विपन्न परिवारलाई खाद्यान्न सङ्कट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारबाट प्राप्त निर्देशन र कार्यपालिकाको बैठकको निर्णयअनुसार पहिलो चरणमा गत चैतको अन्तिम साता नै १ देखि १५ वटै वडामा राहत वितरण गरेको थियो ।

नगरपालिकाभित्र बस्ने नागरिकमध्ये राहत उपलब्ध गराउनुपर्नेको व्यक्तिगत फाराम भरी राहत प्याकेज वितरण गरिएको थियो । वडा नं १५ तीनथानाका ९९३ जनालाई वडाध्यक्ष राउतलगायत अन्य जनप्रतिनिधि, वडाका सल्लाहकार, अन्य समाजसेवी तथा स्वयंसेवीले राहत उपलब्ध गराएका थियोए । असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति विपन्न परिवारलाई राहत वितरणका लागि प्रमुख प्राथमिकतामा राखिएको छ ।

अन्य समयमा त्यति क्रियाशील नभएको भन्ने आरोप लागेका स्थानीय तह कोरोनाविरुद्धको सङ्घर्षमा एकाकार भएर लागेको र स्थानीय जनताको समेत राम्रो साथ पाएको वडाध्यक्ष राउतको भनाइ छ । सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीका महासचिव दीपक उप्रेती वडा कार्यालयको समन्वयमा उनीहरुलाई जानकारी दिएर नै कोरोनाविरुद्धको सङ्घर्षमा आफूहरु लागिपरेको बताउछन् । “पहिले आफू सुरक्षित हुने, त्यसपछि घर र समाजलाई समेत सुरक्षित बनाउने गरी लागिपरेका छौँ । सबैबाट सक्दो सहयोग प्राप्त भएको छ”, उपे्रतीले भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies