Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सीमानाकामा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा परिचालन

बाँके । बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला सुरक्षा समितिले सीमानाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको सुरक्षा समितिको बैठकले दैलेख जिल्ला सिल गर्नुका साथै मुख्य सीमा क्षेत्रहरुमा संयुक्त सुरक्षा परिचालन गर्ने निर्णय गरेको हो ।

दैलेख सुर्खेतको सीमा क्षेत्रका रूपमा रहेको गुराँसे, जाजरकोटको सिमानामा पर्ने सुयाडा, अछामसँग सिमाना जोडिएका आठबीस, डावलगायत स्थानमा आवश्यकतानुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई संयुक्तरूपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। बाँके र कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेखसम्मको दूरी निकै कम भएको र भारतबाट आउनेहरुको सङ्ख्या एक हजार ५०० भन्दा बढी भएपछि सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै जिल्ला सिल गरिएको हो । बाँकेमा सङ्क्रमण देखिएका व्यक्तिको खोजी कार्य कर्णालीभर तीव्र पारिएको छ । दैलेखमा पनि सुक्ष्म अध्ययन शुरु गरिसकिएको सुरक्षा समितिले जानकारी दिएको छ ।

दैलेखमा ७६० जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । ९८ को स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासम्म पुग्ने मुख्य नाका मानिएको दैलेखको रानिमत्ता क्षेत्रबाट आवागमन धेरै हुन थालेपछि पालिकाहरुले ११ वटा हेल्पडेस्क स्थापना गरेर सुरक्षाका काम सञ्चालन गरिएका छन् । दैलेखका ८६१ श्यया क्वारेन्टाइन र ४० आइसोलेसन श्यया निर्माण गरिएको भए पनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ६१ रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies