Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बालबालिकामा मानसिक समस्याको जोखिम ह्वात्तै बढ्यो

काठमाडौ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ का कारण कतिपय बालबालिकामा निद्रा नलाग्ने, झर्को लाग्ने र एउटै कुरा मनमा खेलाउने जस्ता समस्या देखिन थालेको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का समयमा बालबालिकामा मनोत्रासको समस्या बढी मात्रामा देखिएको हो । अस्पतालले अहिले पनि बालबालिकामा आउनसक्ने मनोसामाजिक समस्याको उपचारका लागि सेवा सञ्चालन गरिरहेको छ ।

त्यस्तै, अस्पताल तत्काल आउन नसक्नेका लागि ९८०८५२२४१० नम्बरमा सम्पर्क गर्न भनिएको छ । टेलिफोनमा र अस्पतालमा आएका बालबालिकामा विभिन्न किसिमका समस्या देखिन थालेको मनोचिकित्सक डा आलोक झाले बताए । उनले भने, “कतिपय बालबालिकामा कुनै समस्या नभए पनि अभिभावक बढी चिन्तित भएको पनि पाइएको छ ।”

रोगबाट बच्नका लागि आवश्यक सावधानी अपनाउनुपर्ने भए पनि कतिपय अभिभावकले सन्तानलाई धेरै डर देखाउँदा समस्या आएको अस्पतालले जनाएको छ । रोगकै त्रासका कारण बालबालिकामा निद्रा नलाग्ने र अरु कुनै पनि कुरामा मन नलाग्ने समस्या पाइएको उनले बताए। कतिपय बालबालिकामा शरीर झमझमाउनेलगायत शारीरिक समस्या भने पनि उपचारका क्रममा त्यो मानसिक समस्या भन्ने देखिएको छ । बालबालिकामा यो समयमा मुख्य गरी इञ्जाइटिक (मनोत्रास), कन्भर्जन डिस्अर्डर र एडजेस्टमेन्ट डिसअर्डरका समस्या पाइएको छ । उनले भने, “जसरी पहिले नसोचेको कुरा एकै पटक आउँदा बयस्कमा तनाब छ त्यो कुरा बालबालिकामा पनि हुन्छ ।”

अहिले देशभरमा सङ्क्रमित ८२ मध्ये कतिपय बालबालिका समेत छन् । ती बालबालिका निको भएर फर्केपछि पनि बारम्बार आफूलाई अझै सङ्क्रमण छ कि भन्ने सोच्ने समस्या आउन सक्ने मनोचिकित्सक डा झाले बताए । समाजले अहिले पनि कोभिड–१९ को उपचारपछि घर फर्किएकालाई हेलाका दृष्टिले हेर्ने कुरा सञ्चारमाध्यममा आइरहेको छ । उनले भने, “त्यसले पनि बालबालिकामा तनाब गराउन सक्छ ।”

अस्पतालले फोनबाटै बिरामीको समस्या सुनेर आवश्यक सल्लाह दिने गरेको छ । लकडाउनको समयमा अस्पताल जान सहज नभएकाले ती अभिभावकसँग मेसेन्जर र भाइवरबाट पनि आवश्यक परामर्श दिइएको डा झाले बताए। मनोसामाजिक शाखामा कार्यरत चिकित्सकले ती बालबालिकाको घर नजिकै हुँदा वा भेटेरै उपचार गर्नुपर्दा बोलाउने गरेका छन् । उनले भने, “तत्काल आउन नपर्ने र टाढा घर भएकालाई भने फोनबाटै आवश्यक सुझाव दिइन्छ ।”

कतिपय अभिभावक साना बालबालिकालाई समेत कोभिड–१९ का बारेमा बुझाउन चाहेको पाइएको डा झाले बताए । रोगका बारेमा बुझ्ने उमेर नभएका बालबालिकालाई त्यसका बारेमा बुझाउन आवश्यक नभएको उनको भनाइ छ । ती बालबालिकालाई सफाइमा ध्यान दिने, घर बाहिर खेल्न नजाने र भीडभाडमा जान हुँदैन भन्ने कुरा अरु तरिकाले पनि बुझाउन सकिन्छ । खासगरी ६ वर्ष नाघेका बालबालिकाले रोगका विषयमा बुुझ्ने हुँदा उनीहरुलाई आवश्यक कुरा मात्रै बुझाउनुपर्ने उनले बताए । यो समयमा अभिभावकले सन्तानलाई समय तालिकामा नै सबै क्रियाकलाप गराउँदा उपयुक्त हुन्छ । अभिभावकसँग पनि समय भएकाले बिहान उठेदेखि राति सुत्दासम्म के के गर्ने भनी तालिका बनाएर गर्नुपर्ने उनको सुझाव छ ।

“बालबालिकालाई मोबाइल वा टिभीमै बढी समय बिताउन दिनुहुँदैन”, उनले भने, “चित्र बनाउने, कथा भन्न, पढाउन लगाउने र अरु सिर्जनात्मक काममा लगाउन सकिन्छ ।” अस्पतालको कल सेन्टरमा अहिलेसम्म ६८ जनाले टेलिफोन गरेर परामर्श लिइसकेका छन् । तीमध्ये कतिपय भने अस्पताल पनि आइरहेका छन् । अस्पतालमै मानसिक समस्याको उपचारका लागि आउने बालबालिकाको सङ्ख्या झण्डै ८० को हाराहारीमा छ ।

कोभिड–१९ को स्याटलाइट अस्पतालका रुपमा कान्ति बाल अस्पताल रहेको छ । अस्पतालले खोप कार्यक्रम, बहिरङ्ग विभागलगायत अत्यावश्यक सेवालाई लकडाउनको समयमा पनि निरन्तरता दिएको छ । अस्पतालले कोभिड–१९ रोकथामका लागि कर्मचारीको हाजिर थम्ब नगरेर अनुहार पढ्ने (फेस रिड) शुरु गरिएको अस्पताल निर्देशक कृष्ण पौडेलले बताए। छिट्टै इटिकेटिङ शुरु गर्न लागिएको उनले जानकारी दिए ।

मानसिक समस्याबाहेकका अरु शारीरिक रोगको अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक ‘फलो अप’ का लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ । लकडाउनमा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यकबाहेक अस्पताल नआउन भनिएको हो । जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् । यो समयमा बालबालिकामा कुनै पनि समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर मेडिकल डाक्टरसँग बुझ्न सकिनेछन् । त्यस्तै, शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ०१४४४३१३१ वा ९८४७३८६१५० नम्बरमा फोन गरेर बुुझ्न सकिनेछ । अस्पतालले कोभिड–१९ को शङ्का लागेका बिरामीलाई ‘आइसोलेसन’ श्ययामा राखेर र्यापिड टेष्ट गर्ने र पिसिआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला पठाउने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies