Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसकारण उपत्यकामा ग्यास बिक्री हुन छोड्यो

काठमाडौं । नेपालभर दैनिक एक हजार ग्यास सिलिण्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिण्डर मात्र बिक्री भएका छन् । लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ ।“काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा सञ्चालन भएका ठूला उद्योग, होटल तथा रेष्टुँरा, विद्यालय जस्ता बढी चहलपहल हुने क्षेत्र बन्द छन्, धेरै उपभोक्ता उपत्यका छाडेर जाँदा ग्यास खपत कम भएको हो”, उनले भने, “सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको छ भने आपूर्तिसमेत नियमित भएको छ ।” उनका अनुसार सबै ग्यास उद्योगसँग हाल दश हजार मेट्रिक टन ग्यास मौज्दात छ । देशभर रहेका ६२ ग्यास उद्योगसँग सात हजार मेट्रिक टन भण्डारणमा मौज्दात रहेको र बुलेटमा तीन हजार मेट्रिक टन ग्यास मौज्दात छ । उहाँका अनुसार ६२ उद्योगका एक करोड २३ लाख सिलिण्डर छन् । ग्यासको सहज आपूर्ति भएको र पर्याप्त मात्रामा भण्डारणसमेत भएकाले खाली सिलिण्डर भर्न उनले आग्रह गरे ।

पहिलेको तुलनमा काठमाडौँमा आधा पनि ग्यास सिलिण्डर बिक्री नभएको ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहाल बताउछन् । उनका अनुसार लकडाउनअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ४० हजार ग्यास सिलिण्डर बिक्री हुँदै आएकामा हाल १५ हजारको हाराहारीमा मात्र बिक्री हुने गरेको छ ।

नेपाल आयल निगमको तथ्यांकानुसार मार्चमा सबैभन्दा धेरै ४५ हजार ती सय टन ग्यास आयात भएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सोमबार मात्र १०१ ग्यास बुलेट नेपाल प्रवेश गरेका छन् । उनका अनुसार वीरगञ्ज भन्सार नाका हुँदै विभिन्न ग्यास उद्योगका ग्यास बुलेट नेपाल प्रवेश गरेका हुन् । तिनमा सबैभन्दा धेरै नेपाल ग्यासका ३४, नोबल ग्यासका १४, जानकी, लुम्बिनी र सगरमाथा ग्यास उद्योगका सातसात, भानुका चार बुलेटलगायत अन्य उद्योगका ग्यास बुलेट नेपाल भित्रिएका हुन् । ग्याससँगै लकडाउनका कारण पेट्रोलियम पदार्थसमेत बिक्री न्यून रहेको व्यवसायी बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies