


राज्यमन्त्रीको पहलमा आश्रम लगिए झापाका सडकका महिला


-
-
बैशाख २३ गते, २०७७ - ०९:२४

झापा । सडकमा बस्ने मानसिक सन्तुलन गुमेका झापाका आठ असहाय महिलाको सोमबार उद्धार गरिएको छ । प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा विर्तामोडबाट दुई, मेचीनगरबाट पाँच र अर्जुनधाराबाट एक महिलालाई सडकबाट उद्धार गरी स्थानीय तहको एम्बुलेन्समार्फत विराटनगर लगिएको हो ।
कोरोना सङ्क्रमणको उच्च जोखिम र लकडाउन भएका बेला सडकमा असुरक्षितरूपमा बस्दै र सुत्दै आएका उनीहरुलाई उपचार तथा आश्रय प्रदान गर्नका लागि उद्धार गरिएको राज्यमन्त्री गजमेरले बताए । उनीहरुको कोरोना परीक्षणका लागि सोमबार नै स्वाब सङ्कलन गरिएको राज्यमन्त्री गजमेरले बताए। उनीहरुमा स्वाब परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिए कोभिड अस्पताल विराटनगरमा उपचार गरिने र नदेखिए मानव सेवा आश्रममा राखिने उनको भनाइ छ ।
उद्धार गरिएकाहरुमा विर्तामोडकी देविका थारू, कुन्ती खतिवडा र अर्जुनधारा–५ मा बस्दै आएकी सन्तोषी दनुवार रहेका छन् भने मेचीनगर क्षेत्रबाट पाँच महिलाको उद्धार गरिएको हो । सडकमा असुरक्षितरूपमा बस्दै आएका ती महिलालाई लकडाउनमा सामाजिक अभियानकर्मी तथा प्रहरीले खानाको व्यवस्था मिलाउँदै आएका थिए ।
राज्यमन्त्री गजमेरको यो अभियानमा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले साथ दिएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...जनताका घरदैलामा जान थापाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै
काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...
