Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेपालगन्जकाे एउटै टोलमा यसरी फैलियो कोरोना संक्रमण

नेपालगन्ज । विपन्न परिवारका ६० वर्षिय संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोलका स्थायी बासिन्दा हुन् । तर, उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउथ्ये । त्यहाँ उनले बिहान बेलुका नमाज पढ्ने र बालबालिकालाई उर्दु शिक्षा दिने । जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी स्थानीय बालबालिकालाई घरमै पुगेर ट्युसन पढाउँथ्ये ।

आजको नागरिक दैनिकमा खबर छ - नेपालगन्जका पूर्वउपमेयर एवम् जोलहनपुर्वाका स्थानीय समसुद्धिन सिद्धिकीका अनुसार मध्यम र निम्न वर्गिय परिवारको बसोबास रहेको उक्त ठाउँमा मदरसाका ती शिक्षकले चार परिवार बालबालिकालाई ट्युसन पढाउने गरेका थिए । चैतको पहिलो साता आफन्तलाई भेट्न उनी भारतको बहराइच गए । बहराइचबाट उनी गत चैत १० गते फर्किदा नेपाल सरकारले नेपाल–भारत सीमा नाका बन्द गराइसकेको थियो । तरपनि उक्त दिन नाकाबाट ९ सय ८८ जनालाई सिमा प्रवेश गराइयो । त्यसमध्ये ५ सय ४० जनालाई नेपालगन्ज उपमहानगरपालिकाको नगर बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसमाको क्वारेन्टाइनमा ल्याइयो । प्रशासन र उपमहानगरपालिकाले उनीहरुको ब्यवस्थापन गर्दा गर्दै क्वारेन्टाइन छाडे ।

सोही समुहमा थिए, नेपालगन्ज–७ निवासी ६० बर्षिय संक्रमित ब्यक्ति । ‘संक्रमित ती ब्यक्ति सोही दिन घरमा आएका थिए, त्यसपछि नियमित रुपमा जोलहनपुर्वा टोलमा पुगेर बच्चा बच्चीलाई पढाउन थाले,’ पूर्वउपमेयर सिद्धिकी भन्छन् ‘त्यतिबेला स्वास्थ्यमा कुनै लक्षण नभएपछि कसैलाई पनि मतलब भएन, तर लक्षण बिना नै एकबाट अर्कोमा संक्रमण फैलिरहेको रहेछ ।’ मुस्लिम आयोगको पहलमा नेपालगन्जका धार्मिक संस्थामा बस्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा ति ब्यक्तिमा शुक्रबार संक्रमण पुष्टी भयो ।

उनको घर र मदरसा रहेको जोलहनपुर्वा टोलमा कन्ट्रयाक्ट ट्रेसिङ गरी ९० जनाको स्वाब संकलन गरियो । त्यसमध्ये ६० वटाको मात्र रिपोर्ट आउँदा आइतबार बेलुकीसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमितहरु ७ वर्षका बालकदेखि ६० वर्षसम्मका छन् ।

कुनै लक्षण बिना नै कोरोना भाइरस पहिलो ब्यक्तिबाट दोस्रो हुदै तेस्रो ब्यक्तिसम्म फैलिएको स्थानीय बासिन्दा समेत रहेका पूर्वउपमेयर सिद्धिकी बताउँछन् । स्थानीय अन्सारियन मस्जिद ब्यवस्थापन समितिका अध्यक्ष रहेका सिद्धिकी भन्छन्, ‘कुनै लक्षण नै नदेखिएर दोस्रो हुदै तेस्रो ब्यक्तिसम्म फैलिनु आश्चर्यको कुरो छ ।’ सिद्धिकीका अनुसार मदरसा शिक्षकले जोलहनपुर्वाका चार वटा घरका बालबालिकालाई दैनिक ट्युसन पढाउँथ्ये ।

‘पहिलो संक्रमित ब्यक्तिबाट बालबालिकामा सरेको र त्यसपछि बालबालिकाले आफ्ना बुवा आमालाई सारेको हुन सक्छ,’ उनले थपे । अहिलेसम्म संक्रमण पुष्टी भएका ब्यक्तिले अन्य ब्यक्तिलाई पनि सम्पर्क गरेको हुन सक्ने सिद्धिकीको आशंका छ । मध्यम र निम्न परिवारको मिश्रित बसोबास रहेको जोलहनपुर्वा टोलमा करिव साढे ४ सय जनसंख्या रहेको स्थानीय बासिन्दाको अनुमान छ ।

जोलहनपुर्वा टोलमा फैलिएको संक्रमणलाई स्वास्थ्यकर्मीले ‘भित्र–भित्रै सल्किएको भुसको आगो’ को संज्ञा दिएका छन् । पहिलो पटक एक जनामा देखिएको संक्रमण र त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा एकै दिन १५ जनामा फेला पर्नुले नराम्रो संकेत गरेको स्वास्थ्यकर्मी बताउँछन् । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा। राजन पाण्डे नेपालगन्जमा देखिएको कोरोना संक्रमणको स्थिती पत्ता लगाउन जनस्वास्थ्यको सिद्धान्तबाट प्रमाणित गर्नुपर्ने बताउँछन् । ‘यो अहिले अनुसन्धानकै चरणमा छ, कुनैपनि लक्षण नदेखिएर एकैपटक धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिनु राम्रो संकेत होइन,’ उनले भने ‘यो सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेको हो, यो कतै ब्यक्तिबाट समुदायमा फैलिएको हो कि भन्ने शंका लागिरहेको छ ।’

एउटै टोलबाट एकैपटक धेरै ब्यक्तिमा कोरोना संक्रमण कसरी फैलियो रु भन्नेबारे स्वास्थ्य सम्बद्ध अधिकारी अन्यौलमा छन् । यद्यपी ६० वर्षिय पुरुषबाटै संक्रमण फैलिएको हुन सक्ने धेरैको अनुमान छ । ‘एउटै टोलका यति धेरै मानिसमा कसबाट र कसरी संक्रमण फैलियो, यसको मुख्य कारण पत्ता लगाउनै सकिएको छैन, हामी पनि अन्यौलमा छौं,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह भन्छन् ‘अहिलेसम्मको आशंका अनुसार ६० वर्षकै ब्यक्तिले अरु ब्यक्तिसँग सम्पर्क बढाउँदा फैलिएको हुन सक्छ ।’ यहाँ फैलिएको कोरोना भाइरसको महामारीले भयावह रुप लिन सक्ने भन्दै समयमै संघ, प्रदेश र स्थानीय सरकारको ध्यान केन्द्रित गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

टोलभरी संक्रमण फैलिएको आशंकामा वडा नम्बर ७ र ८ सहित नेपालगन्जका विभिन्न वडा तथा टोललाई स्थानीय प्रशासनले शिल गरेको जनाएको छ । डोरीको घेरा हालेर सुरक्षाकर्मी परिचालन गरी त्यो क्षेत्रमा आवत–जावत गर्न रोक लगाइएको छ । जिल्ला प्रहरी प्रमुख ९एसपी० बीरबहादुर ओलीले नेपालगन्जका चारैतिरका नाकामा अत्यावश्यक काम बाहेक कसैलाई पनि आवत जावत गर्न नदिइएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies