Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

उपत्यकाका ८ सडक निर्माण सुरू

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीबाट रोकिएको सडक निर्माण कार्य पुनः सुरु भएको हो ।

काठमाडौँमा ३ वटा, ललितपुरमा चारवटा र भक्तपुरमा एउटा सडकको विस्तार तथा निर्माण प्रक्रिया अगाडि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार काठमाडौँमा जोरपाटी–साँखु सडकखण्ड (१२ किमी), जोरपाटी–सुन्दरीजल सडक खण्ड (सात किमी) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्ड (१२.५ किमी)को निर्माणकार्य पुनः अगाडि बढाइएको छ ।

त्यसैगरी ललितपुरमा नख्खु–भैँसेपाटी–बुँगमती सडकखण्ड (पाँच किमी), सातदोबाटो–चापागाउँ–लेले सडकखण्ड (१३ किमी), लखनखेल–सातदोबाटो–गोदाबरी सडकखण्ड (८.४ किमी) र ग्वार्को–लुभू–लामाटार सडक खण्ड (७.२ किमी) रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुुसार भक्तपुरमा सल्लाघारी–पेप्सीकोला–खस्याङखुसुङ सडकखण्ड (४.५ किमी)को काम अगाडि बढाइएको छ ।

सडक खण्डहरूमा रुख काट्ने, ह्युमपाइप हाल्ने, पर्खाल लगाउने, बिजुलीको खम्बा स्थानान्तरण गर्ने लगायतका काम भइरहेका छन् भने कतिपयमा कालोपत्रेको कामसमेत सुरु भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies