Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कस्तो होला अबको लकडाउन ?

काठमाडौं । सरकारले ११ चैत यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - छलफल जारी रहेको र मंगलबार पुनः छलफल गरी अबको लकडाउनको मोडालिटीको स्वरुपको मस्यौदा तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद् बैठकमा लगेर निर्णयमा पुगिने विडारीले बताए। ‘कोरोना संक्रमणको परीक्षण उल्लेख्य मात्रामा भइरहेको छ।

यद्यपी, तराईका केही क्षेत्रमा संक्रमितको संख्या बढेको छ। लकडाउनपछिको आर्थिक अवस्थालाई पनि हेर्ने र रोगलाई पनि कावुमा राख्न के गर्ने भन्नेमा समीक्षात्मक बैठक जारी छ’, विडारीले भने, ‘अहिलेसम्म गरेको प्रयास सही दिशामा छन्। अझै पनि दुई दिन प्रदेश र स्थानीय तह, सुरक्षा निकायबाट पनि रिपोर्ट लिने र कसरी जाने भन्नेमा वर्कआउट गरी एउटा मस्यौदा तयार पार्ने अभ्यास जारी छ।’

लकडाउनको अवधि २५ वैशाखसम्म छ । सरकारले अब लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै ग्रीन जोन, रेड जोन, एल्लो जाने गरी तीन समूहमा देशका भूभागलाई विभाजन गर्ने र क्रमशः लकडाउन खुकुलो पार्दै जाने गरी समीक्षात्मक बैठकमा छलफल भइरहेको समितिमा रहेका एक मन्त्रीले बताए। उनका अनुसार, गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समन्वय गरी मोडालिटी के कस्तो बनाउने भन्नेमा खाका तयार पार्ने जिम्मा सोमबारको बैठकले दिएको छ। बैठक पुनः मंगलबार बस्ने र त्यसमा तीन मन्त्रालयको सुझावबारे उच्चस्तरीय समितिमा छलफल हुनेछ।

सोमबारको समिति छलफल काठमाडौंमा भने जनसंख्या ठूलो रहेको, परीक्षण कम देखिएकोले तत्काल खोलेर जान नहुनेमा मन्त्रीहरुले छलफल गरेका छन्। अहिलेसम्मका प्रयास काठमाडौंसहितका देशभरमै सन्तोषजनक देखिए पनि काठमाडौंमा तत्काल नखोल्ने तर अन्य स्थानमा भने त्यहाँको अवस्थालाई हेरेर केही खुकुलो बनाएर जान सकिनेमा समिति बैठकमा छलफल भएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies