Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बागलुङमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण, गिनिजबुक यात्रा शुरु

बागलुङ । सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको थालनी भएको छ ।

बागलुङ नगरकार्यपालिकाको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गिनिजबुक अफ दि वल्र्ड जाने प्रक्रिया थालेको हो । केही दिन पहिले सम्पन्न कार्यपालिकाको बैठकले तथ्याङ्क विभाग र स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई नाम लेखाउन पहल गर्ने निर्णय गरेको थियो । ५७६ मिटर लामो यो पुल केही दिन पहिला निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा छ । यसअघि स्विट्जरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुल रहेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

त्योभन्दा बाहेक कुनै पनि सिङ्गल स्पान प्रविधिको पुल रहेको तथ्याङ्क फेला नपरेकाले यो पुल संसारको लामो भएको दाबी गर्दै गिनिज बुकमा लेखाउने प्रक्रिया थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

स्विट्जरल्याण्डको भन्दा बागलुङमा निर्माण भएको पुल ७३ मिटर लामो रहेको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । बागलुङ नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रियरूपमा चिनाउनका लागि गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा पठाउने निर्णय गरेको उनको भनाइ छ ।

सिङ्गल स्पान प्रविधिमा निर्माण भएको सो पुल विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उनले बताए । पछिल्लो एक दशकयता कालीगण्डकी माथि सानाठूला धेरै झोलुङ्गे पुल बनेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । विसं २०७० मा पर्वत सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा ३४७ मिटर लामो पुल बन्यो । कालीगण्डकीमाथि १५६ मिटरको उचाइमा बनेको यो पुल नेपालकै अग्लो झोलुङ्गे पुल हो ।

योबाहेक कैयाबाट पर्वतको फलेवास नगरपालिकाको मुडिकुवा जोड्ने पुलको डिपिआर बनेर निर्माण प्रक्रियामा छ । नारायणस्थानकै कुकुरगाडेदेखि कुश्मा जोड्ने पुलको प्राविधिक स्टमेट तथा अध्ययनको काम भइरहेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण हुन सक्यो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies