Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

तनहुँका विभिन्न स्थानमा विकास निर्माणका काम शुरु

दमौली । तनहुँका विभिन्न स्थानीय तहमा बन्दाबन्दी भएसँगै रोकिएका विकास निर्माणका काम शुरु गरिने भएको छ । स्थानीय तहहरुले बन्दाबन्दीको अवधिमा पनि विकास निर्माणका काम शुरु गर्ने अनुमति दिएपछि यसअगाडि नै सम्झौता भएका भौतिक निर्माणका काम शुरु गर्न लागिएको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बन्दाबन्दीको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ । बन्दाबन्दी अगाडि ल्याइएका निर्माण सामग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिने निर्णय भएको नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

नगरप्रमुख गुरुङका अनुसार सामाजिक दूरी कायम गर्दै सावधानी अपनाएर विकास निर्माणका काम गर्नका लागि अनुमति दिइएको छ । “मौज्दात रहेका निर्माणका सामग्री बिग्रिने अवस्था आउन सक्ने भएकाले सावधानी अपनाएर विकास निर्माणको कामलाई अगाडि बढाउन सकिने निर्णय गरिएको छ”, उनले भने ।

उनका अनुसार विकास निर्माणका कामका लागि ल्याइएका सामग्री मौज्दात नभएमा भने काम गर्न रोक लगाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन भएसँगै करिब चार हप्तादेखि विकासका योजनासँगै भौतिक संरचना निर्माणको काम ठप्प छ । मौज्दात रहेको सिमेन्टलगायत निर्माण सामग्रीको हिनामिना हुनसक्ने भएकाले स्थानीय मजदुर प्रयोग गरेर काम गर्न बाटो खुला गरिएको गुरुङले जानकारी दिए ।

त्यसैगरी जिल्लाको व्यास नगरपालिकाले पनि निर्माणको काम गर्नका लागि बाटो खुला गरेको छ । तनहुँमा नै उपलब्ध निर्माण सामग्री र स्थानीय कामदारको प्रयोग गरी सम्झौता भइसकेका सार्वजनिक निर्माणकार्यलाई अगाडि बढाउन अनुमति दिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । यस्तै बन्दीपुर गाउँपालिकाले पनि निर्माण प्रक्रियामा रहेका विभिन्न आयोजनाका कामलाई सामाजिक दूरी कायम गर्दै अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सामाजिक दूरी कायम गरी स्थानीय मजदुर प्रयोग गरी काम गर्न सकिनेछ ।

बन्दाबन्दीकै क्रममा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम सञ्चालन भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका लागि हाल केवल टनेल खन्ने कामलाई निरन्तरता दिइएको छ । आयोजनाका साइट प्रमुख अच्युत घिमिरेका अनुसार क्याम्पभित्रै बसिरहेका मजदुरलाई परिचालन गरेर काम सञ्चालन गरिएको छ । हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । विद्युत् गृहमा तार लैजानका लागि १८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies