Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लकडाउनको समयमा गर्न सकिने कामलाई निरन्तरता दिन जोड

पोखरा । गण्डकी प्रदेश, अर्थ तथा विकास समितिले विभिन्न चार मन्त्रालयका सचिवसँग जारी बन्दाबन्दीले पारेको प्रभाव र भइरहेका कामका विषयमा छलफल गरेको छ ।

समितिले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास , उद्योग पर्यटन वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवसँग बिहीबार छलफल गरेको हो । मुख्यरूपमा बजेट कार्यान्वयन हुने समयमा कोरोनाका कारण बन्दाबन्दी गर्नुपरेको अवस्थालाई दृष्टिगत गरी मन्त्रालयगत परेका असर एवं गर्न सकिने काम कारवाहीलगायतमा छलफलका लागि सचिवलाई बोलाएको समितिका सभापति दीपक कोइरालाले जानकारी दिए ।

बन्दाबन्दीमा गर्न सकिने काम यसको बहनामा रोकिन नहुने बताउँदै उनले गर्न मिल्ने र सकिने कामलाई निरन्तरता दिन सचिवहरूलाई निर्देशन दिए । आगामी बजेट स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर ल्याउन पनि समितिले सुझाव दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामेश्वर दङ्गालले परिणाम आउने गरी काम गर्नुपर्ने बताउँदै वर्तमानमा सङ्घीय सरकारबाट आएको बजेट कार्यन्वयनमा जोड दिँदै प्रदेशको अत्यावश्यक योजनाको कामलाई निरन्तरता दिइने बताए ।

भैतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वर मरहठ्ठाले फागुन मसान्तसम्म मन्त्रालयले चालू र पूँजीगत गरी ३४ प्रतिशत खर्च भएको जानकारी दिए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले फागुन मसान्तसम्म आफ्नो मन्त्रालयको ३३ प्रतिशत रकम खर्च भएको जानकारी दिए । अत्यावश्यक योजनाबाहेक अन्य योजना रोक्का भएकाले बजेट कार्यान्वयन ६० देखि ७० प्रतिशतमात्रै हुने देखिएको उनले बताए ।

छलफलमा बोल्दै समितिका सदस्य इन्द्रलाल सापकोटाले प्रमुख जिल्ला अधिकारीले कुनै जिल्लामा निर्माण सामग्री ढुवानीमा पास दिने त कतै नदिने गरेकाले विकासका काम सबै जिल्लामा एकरुपताको साथ हुननसकेको बताए ।

अर्का सदस्य भागवतप्रकाश मल्लले चालू आर्थिक वर्षमा प्रदेशबाट योजना परेर पनि अहिले काम हुननसकेका योजनालाई समेत आगामी बजेटमा निरन्तरता दिनुपर्ने बताए । समितिका सदस्य सरिता गुरुङ, डोबाटे विश्वकर्मा, मीनप्रसाद गुरुङ, चन्द्रमोहन गौचनलगायतले बन्दाबन्दीलाई बाहना बनाएर गर्न सकिने काम पनि नगर्ने सोच तथा प्रवृत्ति बढ्न सक्ने प्रति सचेत बन्नुपर्ने आवश्यकता औँल्याए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies