Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

असिनाले ५३ लाखको अन्नबाली क्षति

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु ५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति पुर्याएको थियो । असिनाले किसानको अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएपछि गाउँपालिकाले स्थलगतरूपमै गएर क्षतिको विवरण सङ्कलन गरेको काठेखोला गाउँपालिकाले जनाएको छ ।

असिनाका कारण धम्जामा रु २५ लाख ९३ हजार ४२० र भिमपोखरामा रु २७ लाख २४ हजार ९०० बराबरको अन्न, फलफूल तथा तरकारी नष्ट भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए । “हामीले स्थलगत रूपमा नै वडा कार्यालयको संयोजनमा क्षतिको विवरण सङ्कलन गरेका हौँ”, विश्वकर्माले भने, “गाउँपालिकाको फापर खेतको क्षतिको विवरण अउन बाँकी छ, क्षतिअनुसार गाउँपालिकाले किसानलाई राहत प्याकेज ल्याउनेछ ।”

गाउँपालिकाको धम्जा र भीमपोखरामा गहुँ, जौँ, केराउ, मुसुरो दाल, आलु, प्याज, लसुन, तोरी, काउली, बन्दा, सुन्तलाको फूल, कागती, सिमी र मकैका बिरुवामा क्षति पुर्याएको थियो । गाउँपालिकाले तत्कालै असिनाले पुर्याएको क्षतिका कारण समस्यामा पुगेकालाई कोरोना रोकथाम तथा राहतकोषबाट खाद्यान्न प्रदान गर्ने र पछि कृषि उपजका लागि आवश्यक मल, बीउजस्ता राहतका कार्यक्रम ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ठूलो मात्रमा अन्नबाली तथा तरकारीमा भएको क्षतिको विवरणअनुसार नगद अनुदानसमेत दिइने गाउँपालिका प्रमुख प्रशासकीय विश्वकर्माको भनाइ छ ।

सोही दिन परेको असिनाको कारण जिल्लाको गलकोट नगरपालिकाका वडा नं ९, १० र ११ वडामा समेत ठूलो क्षति पुर्याएको छ । गलकोट नगरपालिकाले स्थलगतरूपमै पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिइन् । क्षति भएको विवरणका आधारमा गलकोट नगरपालिकाले समेत किसानलाई राहत प्याकेज ल्याउने योजनामा रहको काउचाको भनाइ छ । असिनाका कारण आफूले लगाएको तरकारी खेती पूरै नष्ट भएका कारण समस्यामा परेको गलकोट नगरपालिका–९ बरेखानीका युवा किसान मित्रलाल गौतमले बताए । उनले तीन तहको सरकारले समस्यामा परेका कृषकलाई राहत ल्याउन मागसमेत गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies