


ओलीमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता छैन् : युवा नेता पौडेल


-
-
बैशाख १२ गते, २०७७ - १८:०६

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । उनले ओलीमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता नभएको भन्दै राजीनामा दिन सुझाव दिएका हुन् ।
पौडेलले अध्यादेश फिर्ता लिनुले मात्रै प्रधानमन्त्रीको बहादुरी काम नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको कुर्सीमा बसेर सांसद अपहरणको काम गरेको भन्दै कारबाही भोग्न तयार हुनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यादेश फिर्ताबारे बोल्दै युवा नेता पौडेलले लोकतन्त्रको हत्या गर्न ओलीबाट पदको दुरुपयोग भएको भन्दै भन्दै अबिलम्ब राजीनामा दिनुपर्ने बताएका हुन् ।
बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्री ज्यु- सांसद अपहरण अर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ?तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्,प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन,अविलम्ब राजिनामा दिनुस्।
— Pradip Paudel (@paudelpradipNC) April 24, 2020
सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिँदै पौडेलले लेखेका छन्, “बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्री ज्यु, सांसद अपहरण अर्ने मानवताविरोधी अपराध किन गर्नुभयो रुतपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्,प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजिनामा दिनुस्।”
सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । चौतर्फी रुपमा विरोध भएसँगै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
