नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् ।
आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् । अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरस भएको छ ।
सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । उनले राजेश हमालको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन् । यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ । यसलाई सुष्माले नियोजित भनेकी हुन् । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका छन् । यसै विषयमा यी अभिनेत्रीले भनेकी छन्, ‘मैले दुई वर्षअघि दिएको एउटा अन्तर्वार्तालाई अहिले टिकटक बनाएर उडाउने काम गरिएको छ । मैले नै बिर्सिसकेको यो अन्तर्वार्तालाई कसैले नियोजित रूपमा टिकटक बनाएर कलाकारसँग मेरो सम्बन्ध बिगार्न खोजेको हो ।’
अभिनेत्री पूजा शर्मासँग अहिले आफ्नो सम्बन्ध निकै राम्रो भएको सुष्माले बताएकी छन् । पूजाको प्रशंसा गर्दै उनको अभिनय राम्रो भएको पनि सुष्माले जिकिर गरेकी छन् । जब कि त्यो अन्तर्वार्तामा उनले पूजाको अभिनय कमजोर भएको भन्दै टिप्पणी गरेकी थिइन् ।
पूजासँग अहिलेको सम्बन्धबारे अभिनेत्री सुष्माले भनेकी छन्, ‘पूजाले मलाई दिदी भन्छिन् र म उसलाई बहिनी भन्छु । मिडियाहरूले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’
टिकटक बनाएर आफ्नो बदनाम गर्न खोजेपछि अभिनेत्री सुष्माले पनि टिकटकमार्फत नै आफूहरूको सम्बन्ध राम्रो भएको जवाफ दिएकी हुन् । लकडाउनका कारण मानिसहरू घरमा बेकामे भएको र उहिलेको कुरा खोतलेर अहिले सम्बन्ध बिगार्न खोजेको पनि यी अभिनेत्रीको टिप्पणी छ ।
त्यसो त आफूले नायिका पूजाको टिप्पणी गरेको र गायिका मेलिनालाई नचिनेको भन्ने भिडियो अन्तर्वार्ता सम्पादन गर्नसमेत यी अभिनेत्रीले अनुरोध नगरेकी हैनन् । तर, दुई वर्षअघि नै युट्युबमा राखिएको यो भिडियोलाई सम्पादन गर्नतर्फ सम्बन्धित मिडियाले वास्ता नगरेपछि त्यही प्रसंगले यतिबेला सुष्माले टिप्पणी सहनुपरेको हो । त्यो भिडियो अहिलेको नभएको फेरि पनि यी अभिनेत्रीले जिकिर गरेकी छन् ।राजधानीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: