Khabar Dabali Logo
  October 26, Mon

सिंगापुरमा लकडाउनको अवधि जुन १ तारिखसम्म थप

सिंगापुर । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ ।

प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताए । उनले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मूल्याँकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट गरे ।

उनले समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने बताए ।

प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यो बाध्यकारी हो भने । “खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ।”

सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । मंगलबारसम्म सिंगापुरमा ९ हजार १२५ जना कोरोना संक्रमित भएका छन् ।

बैशाख १० गते, २०७७ - १२:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्समा ह्वात्तै बढ्यो कोरोना संक्रमित, एकै दिन ५२ हजार थपिए

सिन्ह्वा । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका...   
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

वासिङ्टन । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच...   

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा...   

अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए

काबुल । अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको...   
अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

काबुल । अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका...   

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण...   

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी...   

ज्येष्ठ नागरिकलाई दशैं कोसेली–वृद्धाभत्ता

ओखलढुङ्गा । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका...   

बलात्कार प्रयास गर्ने दुई अभियुक्त पक्राउ

सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन्...   

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

धनगढी । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top