Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एक मजदुरकी छोरी थिइन् कोरोना भाइरस पत्ता लगाउने महिला

मानिसमा पहिलोपटक कोरोना भाइरसको खोजी गर्ने महिला एकजना बस चालककी छोरी थिइन । उनले १६ वर्षको उमेरमा नै स्कूल छोडेकी थिइन । तर भाइरस इमेजिङको क्षेत्रमा यिनै सामान्य परिवारकी बालिकाले इतिहास बनाउन सफल भइन ।

जून अलमेडा, ती महिला हुन जसले पहिलो पटक यो भाइरसको खोजी गरेकी थिइन र यसलाई कोरोना नाम दिएकी थिइन ।

अहिले कोरोनाकै नयाँ स्वरुप कोभिड १९ ले संसारभरी असर पारिरहेको बेला जून अलमेडाको खोज पनि चर्चामा छ ।

कोभिड १९ एउटा नयाँ भाइरस हो । तर यो कोराना भाइरसकै एउटा प्रकार हो । यो कोरोना भाइरसको खोज डाक्टर अलमेडाले वर्ष १९६४ मा पहिलोपटक लण्डनस्थित सेन्ट थोमस अस्पतालमा रहेको प्रयोगशालामा गरेकी थिइन ।

भाइरोलोजिष्ट जून अल्मेडाको जन्म वर्ष १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहरको उत्तरपूर्वमा रहेको एउटा बस्तीमा बसोबास गर्ने सामान्य परिवारमा उनी जन्मेकी थिइन ।

१६ वर्षको उमेरमा उनले औपचारिक शिक्षा पुरा गरेपछि ग्लासगो शहरकै एउटा ल्याबमा प्राविधिकका रुपमा जागिर शुरु गरेकी थिइन ।
पछि उनी नयाँ सम्भावनाको खोजी गर्दै लण्डन गईन । सन् १९५४ मा उनले भेनेजुएलाका कलाकार एनरिके अलमेडासँग विवाह गरिन

सामान्य रुघाखोकीमा अनुसन्धान
मेडिकल क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार बिहेको केही वर्षपछि यी दम्पत्ति उनको युवा छोरीसँगै क्यानाडा टोरोन्टो शहर गए ।

क्यानाडाको ओन्टारियो क्यान्सर इन्स्च्यिूटमा डाक्टर जून अल्मेडाले एउटा इलेक्ट्रोन माइक्रोस्कोपसितै आफ्नो उत्कृष्ट कौशल विकास गरिन । यो संस्थानमा काम गर्दै उनले एउटा यस्तो विधिमा विशेषज्ञता हासिल गरिन जसको मद्दतबाट भाइरसको कल्पना गर्नु निकै सरल हुन पुगेको थियो ।

लेखक जर्ज विन्टरले विविसीलाई बताए अनुसार बेलायतले डाक्टर जून अलमेडाको कामको महत्व बुझेर सन् १९६४ मा उनलाई लण्डनको सेन्ट थोमस मेडिकल स्कूलमा काम गर्ने प्रस्ताव गरे ।

यो त्यही अस्पताल हो जहाँ कोभिडबाट संक्रमित भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई भर्ना गरिएको थियो ।

क्यानाडाबाट फर्केपछि डाक्टर अलमेडाले डाक्टर डेभिड टाइरेलसँगै अनुसन्धान शुरु गरिन । उनीहरु बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुघाखोकीमाथि अनुसन्धान गरिरहेका थिए ।

जर्ज विन्टरका अनुसार डाक्टर टाइरलले रुघाको बेला नाकबाट बग्ने तरल पदार्थका कैयन नमुना एकत्रित गरेका थिए र उनको टीमका करिब सबै नमुनामा सामान्य रुघाखोकीमा देखिने भाइर देखिएका थिए ।

तर यसमध्ये एउटा नमुनालाई बी८१४ नाम दिइयो । यो नमुनालाई १९६० मा एकजना बोर्डिङ स्कूलको छात्रबाट लिइएको थियो । यो अरुभन्दा भिन्न थियो ।

कोरोना भाइरसको नाम कसले दियो ?

उक्त नमुना फरक देखिएपछि डा. टायरेलले यसलाई डा. अलमेडाको सहयोगबाट फेरी जाँच गर्ने सोचे ।

यसलाई अलमेडाकहाँ पठाइयो । उनले परिक्षणपछि यो भाइरस इन्फ्लएन्जा जस्तै देखिएपनि त्यो भन्दा केही फरक रहेको बताइन ।

र, यो त्यही भाइरस हो जसको पहिचान पछि गएर अलमेडाले कोरोना भाइरसको रुपमा गरेकी थिइन ।

जर्ज विन्टरका अनुसार, अलमेडाले यो भाइरसका जस्ता कण त्यसअघि हेपेटाइटिस र मुसामा हुने संक्रामक ब्रोकांटिसमा पनि देखेकी थिइन ।

तर जुनको पहिलो रिसर्च पेपरमा अलमेडाले इन्फ्लुएन्जाकै भाइरसकै खराब तस्वीर पेश गरेको भनेर यसलाई अस्वीकार गरियो ।

तर स्याम्पलको संख्या बी ८१४बाट भएको यो नयाँ खोजलाई वर्ष १९६५ मा प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नल र दुईवर्ष पछि जर्नल अफ जेनरल भाइरोलोजिमा तस्वीरसँगै प्रकाशित गरिएको थियो ।

डाक्टर विन्टरका अनुसार, डाक्टर टाइरल, अलमेडा र सेन्ट थोमस मेडिकल संस्थनका प्रोफेसर टोनी वाटरसनले यो भाइरसको असमान्य बनावटलाई हेरेर यसको नाम कोरोना भाइरस राखेका थिए ।

पछि डाक्टर अलमेडाले लण्डनको पोष्ट ग्रेजुएट मेडिकल कलेजमा काम गरिन । त्यहाँबाट उनले आफ्नो पिएचडी पुरा गरेकी थिइन ।

आफ्नो क्यारिअरको अन्तिम दिनहरुमा उनले वेलकम इन्स्च्यिूटमा काम गरिन । त्यहाँ उनले इमेजिङको माध्यमबाट नयाँ भाइरसको पहिचान गर्दै तिनीहरुको प्याटेन्ट अधिकार आफ्नो नाम गरिन ।

तर यो सबै मेडिकल जीवनपछि भने उनी योगा शिक्षक बनिन् ।

उनको दक्षता र अनुभवलाई सम्मान गर्दै सन् १९८० मा उनलाई एचआईभी भाइरसको नोबल तस्वीर लिनका लागि पनि बोलाइएको थियो ।

७७ वर्षको उमेरमा सन् २००७ मा अलमेडाको निधन भयो ।

उनको मृत्यु भएको १३ वर्षपछि उनी र उनको कामलाई साँच्चिकै त्यो मान्यता मिलिरहेको छ, जसको उनी हकदार दिइन । एउटा उत्कृष्ट अनुपम अनुसन्धानकर्ताको रुपमा उनलाई सम्झिन थालिएको छ किनभने उनको अनुसन्धानकै कारण संसारभरि फैलिएको कोराना भाइरसको संक्रमणलाई बुझ्न मद्दत पुगेको छ ।

बिबिसी हिन्दीबाट अनुवाद गरिएको

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies