Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कोरोनाबारे वैज्ञानिकहरुको चेतावनी : भ्याक्सिनको विकास नहुन्जेल प्रतिबन्ध हटाउन मिल्दैन

काठमाडौं । कोरोनो भाइरस संक्रमणको बढ्दो रफ्तारलाई मध्यनजर गर्दै विश्वका कयौं देशले नचाहेरै भएपनि लकडाउन लगाउन बाध्य भईरहेका छन् । नेपाल, भारतसहित कयौं देशमा यसअघि घोषणा गरिएको लकडाउन सकिएसँगै पुनः लकडाउनको अवधि पनि थपिएको छ । साथै सामाजिक दुरीका नियमलाई थप कडाई गरिएको छ ।

यस्तो परिस्थितिमा धेरै देशहरुलाई लागिरहेको छ, केहि महिनाभित्रमा यस मुश्किल परिस्थितिबाट बाहिर आउन सकिन्छ । तर यसैबीच वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमणको रोकथामको लागि २०२२ सम्म सामाजिक दुरीको साहारा लिनुको विकल्प नहुने बताएका छन् । पछिल्लो खोजमा वैज्ञानिकहरुले आउने वर्षहरुमा पनि कोरोना भाइरसले झनै भयाभह अवस्था निम्त्याउन सक्ने सम्भावना दर्शाएका हुन् ।

\"कोरोना
सामाजिक दुरी कायम गराउन अमेरिकी सरकारले नियमलाई कडाई गरेसँगै सुनसान बनेकाे न्ययाेर्क शहर ।
तस्बिर : एजेन्सी

जर्नल साइन्समा प्रकाशित भएको एक शोधमा एक पटक लकडाउन गरिएको आधारमा महामारी नियन्त्रण हुन नसक्ने उल्लेख छ । शोधमा कोरोनाको दिर्घकालीन रोकथामको उपाय नगरिएको खण्डमा त्यसले दोस्रो चरणमा झनै भयाबह अवस्था निम्त्याउन सक्ने चेतावनी दिइएकाे छ ।

हावर्ड विश्वविद्यालयका महामारी विशेषज्ञ तथा शोधकर्ता मार्क लिपसिचले भाइरसको विरुद्ध प्रतिरोध क्षमता विकसित नगरेसम्म जीत हाँसिल गर्न नसकिने बताएका छन् । उनीहरुले समुहले गरेकाे साेधकाे निष्कर्षमा कोरोना भाइरसको नयाँ उपचार विधि तथा भ्याक्सिनको विकास नहुन्जेलसम्म सामाजिक दुरीको विकल्प नहुने बताइएको छ । भ्याक्सिनको विकासको समयलाई ध्यान दिँदै सोधमा २०२२ सम्म सामाजिक दुरी तथा लकडाउनको पालना अनिवार्य देखिएको उल्लेख छ ।

यता बेलायत सरकारको वैज्ञानिक सल्लाहकार समितिले दिएको सुझावमा पनि आगामी केहि वर्ष सामाजिक दुरीको विकल्प नभएको बताईएको छ । समितिले बेलायतमा एक वर्षसम्म सामाजिक दुरीलाई परिपालना गराउनुपर्ने बताएको छ । समितिले अवस्थाअनुसार कडाई पनि गर्नुपर्ने सुझाव दिएको छ ।

\"कोरोना
तस्बिरमा इटली । जहाँ लकडाउनलाई कडा बनाउन सेना परिचालन गरिएकाे छ । तस्बिर : एजेन्सी

वैज्ञानिकहरुले हालसम्म पनि कोरोनाको उपचार कसरी गर्ने भन्नेमा अन्यौल नै कायम रहेको बताइरहेका छन् । वैज्ञानिकहरुले मानिसमा रोग प्रतिरोधक क्षमता स्थायी नभएसम्म भाइरसलाई जित्न नसकिने पनि बताएका छन् ।

सोधकर्ता लिपसिचने हालको अवस्थालाई मध्यनजर गर्दा न्यूनतम पनि एक वर्षमा केहि सुरक्षाको उपाय आउन सक्ने सम्भावना दर्शाउँछन् । तथापि भाइरसविरुद्व पुरै जीत हाँसिल गर्न भने कयौं वर्ष लाग्न सक्ने लिपसिचको भनाई छ ।

अमेरिकाको कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले पनि कोरोनामाथि विजय हाँसिल गर्न विश्वको लागि सामान्य नरहेको बताउँछन् ।

यता विश्व स्वास्थ्य संगठनका विशेष राजदूत डेविन नाबारोले पनि अहिलेको अवस्थालाई हेर्दा लामो समयसम्मै कोरोनाले संकट निम्त्याउने सम्भावना दर्शाउँछन् । उनले भ्याक्सिनको विकास र सबैसँग पहुँच नभएसम्म यसको प्रकोप कायम रहने बताउँछन् ।

इम्पीरियम कलेज लण्डनका प्रोफेसर नील फाग्र्युसन सामाजिक दुरी कायम गराउने कदम संक्रमणलाई फैलन नदिने उपाय नै भएको बताउँछन् । उनि पनि भ्याक्सिनको विकास नभएसम्म उल्लेखिक बचाउका नियमलाई तोड्न नहुने तर्क राख्छन् । इम्पीरियल कलेजले सार्वजनिक गरेको एक रिपोर्टमा कोरोनाको भ्याक्सिन बन्न मात्रै कम्तिमा १८ महिना लाग्न सक्ने उल्लेख छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies