Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रिपोर्ट नेगेटिभ आएको भन्दै जम्मा भएर खुसीयाली मनाए सनसिटिबासीले (भिडियोसहित)

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका बासिन्दाले कोरोसा रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको नियमलाई उल्लंघन गरेका छन् । बुधबार गरिएको र्‍यापिड डाइन्गोस्टिक टेस्ट (आरडीटी)को रिपोर्ट नेगेटिभ आएको भन्दै उनिहरुले जम्मा भएर सिटि बजाएर खुसीयाली साटेका हुन् । उनिहरुले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बीचमा नै जम्मा भएर खुसीयाली साटेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा रिपोर्ट नेगेटिभ आएको खुसीयालीमा जम्मा भएका सनसिटीबासीले नाच्ने, फोटो खिच्ने र सिटी बजाउने गरेको देखिन्छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दैै सरकारले लकडाउन गरि सामाजिक दुरी कायम राख्न गरेको निर्देशनलाई पनि उनिहरुले उल्लंघन गरेका छन् ।

कोरोना भाइरसको रिपोर्ट पोजेटिभ वा नेगेटिभ तत्कालै थाहा हुँदैन् । जसलाई सामान्य चिकित्सकीय मान्यतामा कम्तिमा २ हप्ता वा बढिमा १८ दिनसम्म पर्खनुपर्ने हुन्छ । तर तत्कालै गरिएको र्‍यापिड टेस्टमा नेगेटिभ आउँदा उनिहरुले जम्मा भएर खुसियाली साट्नु अत्यन्तै गलत छ ।

स्मरणरहोस्, मंगलबार सोही अपार्टमेन्टको ब्लक ‘ए’मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार बिहानदेखि बाँकीमा र्‍यापिड टेस्ट विधिबाट कोरोना परिक्षण गरिएको थियो । २ सय ९८ जनाको टेस्टमा रिपोर्ट नेगेटिभ आएपनि अन्यको भने परिक्षण गर्न बाँकी नै रहेको छ ।

पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा ५ सय परिवारका १ हजार ५ सय जना बस्दै आएका छन् ।

हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल भिडियो

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies