Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विशेष सर्तमा मोरङका २७ कैदीबन्दीलाई रिहा

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।

कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य जाँच गर्नुका साथै समय–समयमा नियमित स्वास्थ्य जाँच गर्ने गरिएको र स्वास्थ्य सुविधाअन्तर्गत आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीले पाउने सिदाबापत रकम नियमितरूपमा प्राप्त गर्नुका साथै स्वच्छ हरियो तरकारीका लागि ग्रामीण क्षेत्रबाट नियमितरूपमा आपूर्ति भइरहेकाले कुनै पनि खाद्य सामग्रीको अभाव कैदीबन्दीले व्यहोर्नु नपरेको प्रमुख लामिछानेले जानकारी दिए ।

पचास महिलासहित ३०० कैदीबन्दी क्षमता रहेको कारागारमा अहिले पाँच बालबालिका, ९० महिला र ७९४ पुरुषले कैद सजाय भुक्तान गरिरहेको र अहिलेको अवस्थालाई ध्यानमा राखेर कैदीबन्दीलाई भेट्न आउने मानिसलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

सर्वोच्च अदालतको फौजदारी कार्यविधिसंहिता दफा १५५ प्रावधानअन्तर्गत गत चैत १२ गतेको बैठकबाट निर्णय गरेअनुसार एक महिलासहित २७ कैदीबन्दीलाई रिहा गरिएको उनले बताए । रिहा भएका कैदीबन्दी बहुविवाह, सवारी ज्यान, लागुऔषध, वन पैदावर, जबर्जस्ती करणी र सरकारी छाप कीर्ते मुद्दामा सजाय भुक्तान गरिरहेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies