Khabar Dabali Logo
  June 1, Mon

कोरोना सङ्क्रमण भेटिएदेखि इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

इटली । इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ ।

इटलीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताए ।

मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् । इटलीमा कोभिड–१९ को सङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म१७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।

“हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।” संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भने, “यो कोरोनाविरूद्धको सङ्घर्षमा हामी चुकेको क्षण हो ।”

रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ ।

चैत २७ गते, २०७६ - २२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

लहान । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते...   
महिलाका लागि छुट्टै क्वारेन्टिन

महिलाका लागि छुट्टै क्वारेन्टिन

भैरहवा । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन...   
अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य...   
अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु...   
तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई...   
बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले...   
महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

काठमाडौ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन...   
बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान...   
शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

एजेन्सी । मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top