Khabar Dabali Logo
  June 5, Fri

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरु कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालीम केन्द्रमा १६ र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो ।

अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन । चौध दिनपछि घर पठाइएकाहरुलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताए । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् ।
पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण नेगेटिभ आएको छ । दुई पोजेटिभ आएको छ । एक सय २२ नतिजा आउन बाँकी छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चैत २७ गते, २०७६ - १३:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

काठमाडौं । झण्डै तीन दशकदेखि चर्चाको शिखरमा रहेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला ? यो...   

नेपालमा कोरोना जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौँ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको...   

शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९ सय नाघ्यो

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जनामा कोरोना संक्रमण

बुटवल । कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका...   

एक हप्ताको अवधिमा भारतबाट ५९ हजारभन्दा बढी नागरिक भित्रिए

धनगडी । सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिएका छन् । कैलालीको...   
दैलेखमा आज साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

दैलेखमा आज साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौँ । दैलेख जिल्लामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको...   
कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित

काठमाडौँ । कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित भएका छन् । यो सँगै संक्रमितहरुको संख्या ४८९...   

काभ्रेका पाँचमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ । कोभिड–१९...   

कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ?

काठमाडौँ । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना...   
न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top