Khabar Dabali Logo
  June 5, Fri

जुम्लामा आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् । कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताए ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ । यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।

जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ । अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिसकेको छैन । भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

तरकारीे आयातमा ठप्प
तराईबाट जुम्ला तरकारी आयात अहिले पूर्णरुपमा रोकिएको छ । नेपालगञ्ज, दाङ, सुर्खेतलगायत जिल्लाबाट जुम्लामा तरकारी आउने गरेको थियो । लकडाउनका कारण तराईका जिल्लाबाट आउने तरकारीको आयात अहिले पूर्णरुपमा ठप्प रहेको उद्योग वाणिज्य संघले जनाएको छ । यहाँ विशेष गरी नेपालगञ्जबाट आउने तरकारीले राम्रो बजार लिने गरेको धिताल तरकारी पसलका सञ्चालक सुन्दरी पाण्डेले बताए ।

उनका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी दैलेख, बाँके, दाङ्ग र सुर्खेतबाट जिल्ला आयात हुने गरेको छ । उपभोक्तालाई यहीँ उत्पादन हुने प्राङ्गारिक तरकारीको मागअनुसार पु¥याउन नसकेपछि तराईका जिल्लाबाट आउने तरकारी रोजाइमा पर्ने गरेको स्थानीयवासी शिवदेवी रोकायाले जानकारी दिए । लकडाउनपछि तराईको तरकारी आयात ठप्प हुनाले स्थानीय उपभोक्ताले स्थानीयस्तरमा उत्पादित तरकारी खरीद गर्ने गरेका छन् ।

एक घरधुरीलाई ३० केजी चामल

हिमा गाउँपालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्दै आएको छ । गाउँपालिकाको निर्णयानुसार पहिलो चरणमा घरदैलामा पुगेर चामल र नुन वितरण गरिँदै आएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

गाउँपालिकाका दुई हजार ३३५ घरधुरीमध्ये १५० घरधुरी अतिविपन्न छन् ।

चैत २७ गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

काठमाडौं । झण्डै तीन दशकदेखि चर्चाको शिखरमा रहेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला ? यो...   

नेपालमा कोरोना जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौँ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको...   

शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९ सय नाघ्यो

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जनामा कोरोना संक्रमण

बुटवल । कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका...   

एक हप्ताको अवधिमा भारतबाट ५९ हजारभन्दा बढी नागरिक भित्रिए

धनगडी । सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिएका छन् । कैलालीको...   
दैलेखमा आज साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

दैलेखमा आज साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौँ । दैलेख जिल्लामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको...   
कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित

काठमाडौँ । कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित भएका छन् । यो सँगै संक्रमितहरुको संख्या ४८९...   

काभ्रेका पाँचमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ । कोभिड–१९...   

कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ?

काठमाडौँ । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना...   
न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top