Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिए । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ छ ।

मन्त्री पोखरेलले विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उल्लेख गरे । ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उनको भनाइ छ । सङ्कटलाई हेरेर जोखिमको थप विश्लेषण गर्दै अगाडि बढिने पनि उनले जनाए ।

परिस्थितिमा परीक्षा निर्भर

मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताए । तयारीका लागि केही समय दिनुपर्ने मन्त्री पोखरेलको भनाइ छ ।

हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।

यो अवस्थामा परीक्षाको वातावरण बन्न र समाजमा विद्यमान त्रास हट्न केही समय लाग्ने मन्त्री पोखरेलको भनाई छ । उनले कोरोनाको समस्यासित जुधेका चीनका केही सहरमा पनि शैक्षिक संस्था सञ्चालन हुन नसकेको सन्दर्भ स्पष्ट गर्दै नेपालमा पनि विद्यालय खुल्न र परीक्षा सञ्चालन हुन केही समय लाग्ने बताए ।

मन्त्री पोखरेलले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा पुग्ने अवस्थामा विद्यालयलाई क्वारेन्टाइनका रूपमा सञ्चालन गर्न थालिएको बताउँदै यसले गर्दा विद्यालयको नियमित कक्षा सञ्चालन र परीक्षाको वातावरण बन्न समय लिने अवस्था देखिएको उल्लेख गरे ।

विद्युतीय माध्यमबाट पढाइने

यसैबीच शिक्षामन्त्री पोखरेलले लकडाउन कायम रहेको तथा विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थामा विद्युतीय माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तता दिइने योजना रहेको बताए । अनलाइन माध्यमबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सकिन्छ कि भन्ने हिसाबले आफूहरू त्यसको गृहकार्यमा जुटेको जानकारी उनले दिए ।

विदेशका विद्यार्थीको समस्या समाधान गरिने

कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन भिसामा विभिन्न मुलुकमा पुगेका विद्यार्थीले समस्या पाएको जानकारीमा आएकाले आफूहरू यसको समाधानमा जुटेको जानकारी उनले दिए । अस्ट्रेलिया, न्यूजिल्यान्ड, बङ्गलादेश, साइप्रसमा अध्ययनका लागि पुगेका तर एक वर्ष अवधि नपुगेका विद्यार्थीले आफूहरूलाई समस्या भएको जानकारी शिक्षा मन्त्रालयलाई गराएका छन् ।

यसका लागि ती देशका दूतावास, सरकार र नेपाली सङ्घसंस्थासित समन्वय गरेर कूटनीतिक पहलमा समस्याको समाधानका लागि पहल थालिएको उनले जानकारी दिए । साथै नेपालमा रहेका ती विद्यार्थीका अभिभावकसित समेत कुराकानी भइरहेको र नेपाल राष्ट्र बैङ्कमार्फत सजिलो तरिकाले पैसा पठाउने प्रबन्ध मिलाइएको मन्त्री पोखरेलले बताए ।

नेपालमा रहेका विदेशीलाई समस्या परेको अवस्थामा आफूहरूले समस्या समाधान गरिदिने गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली विद्यार्थीको समस्या समाधानमा पनि सम्बद्ध मुलुकबाट पहलको अपेक्षा गरिएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies