Khabar Dabali Logo
  June 1, Mon

जुम्लाको नाकाबाट पक्राउ परेका १३ युवा क्वारेन्टाइनमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ । प्रहरीले पक्राउ गरेका युवामा कालीकोटको तिलागुफा नगरपालिकाका चार, कालीकोटकै पलाँता गाउँपालिकाका पाँच र हिमा गाउँपालिका जुम्लाका चारजना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

उनीहरु प्यूठान, रोल्पा जाजरकोटहुँदै पाँच दिनको पैदल यात्रापछि तातोपानी गाउँपालिका– ७ ताम्ती जुम्लाको नाकाबाट प्रवेश गरेका उनले बताए । “कामको सिलसिलामा उनीहरु प्यूठान पुगेका रहेछन्”, उनले भने, “मुलुकभर लकडाउन भएपछि पाँच दिनको पैदल यात्रागरी घर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरी क्वारेन्टाईनमा राखेका छौं ।” बाहिरबाट आएकाबाट कोरोनाको सङ्क्रमण हुने सम्भावित खतरालाई मध्यनजर गरी ती युवालाई क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानीय तहलाई बुझाइएको प्रहरीले जनाएको छ ।

चैत २६ गते, २०७६ - २१:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको...   
हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

लहान । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते...   
महिलाका लागि छुट्टै क्वारेन्टिन

महिलाका लागि छुट्टै क्वारेन्टिन

भैरहवा । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन...   
अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य...   
अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु...   
तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई...   
बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले...   
महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

काठमाडौ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन...   
बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top