Khabar Dabali Logo
  June 1, Mon

कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

मृतकका आफन्तले १ मिठर टाढैबाट हेर्न पाउनेदेखि ६० वर्ष पुगेका र दिर्घरोगी आफन्तहरुलाई शव निजक जान नदिनेसम्मको व्यावस्था

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको छ ।

ठुलो मात्रामा संक्रमण र मृत्युका कारण कैंयन देशहरुमा अन्तिम संस्कार समेत अस्तव्यस्त बनिरहेको मात्रै छैन, अमेरिकाजस्तो अति सम्पन्न मुलुकको न्युर्योक शहरमा समेत शव राख्न स्थानको अभाव भएका खबरहरु बाहिरिईरहेका छन् ।

हाम्रो मुलुकमा कोरोना संक्रमणको विकराल अवस्था छैन । जम्मा ९ जनामा देखिएको संक्रमणमध्ये १ जना पूर्ण निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर मानिसहरुको शवबाट समेत संक्रमण हुने खतरालाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु भएका शवको लागी १९ बुँदे कार्यविधि निर्माण गरेको छ ।

मृतकका आफन्तले १ मिटर टाढैबाट हेर्न पाउनेदेखि ६० वर्ष पुगेका र दिर्घरोगी आफन्तहरुलाई शव नजिक जान नदिनेसम्मको व्यवस्था गरेको छ ।

बाँकी के छ त कार्यविधिमा हेर्नुहोस् स्वास्थ्य मन्त्रालयले तय गरेको १९ बुँदे कार्यविधि –

(क) शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले PPE को प्रयोग गर्नु पर्दछ।

(ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ।

(ग) CovID-19 को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न हुँदैन।

(घ) शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको PPE प्रयोग गर्नु पर्दछ।

(ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ।

(च) शवमा लागेका पाइपलगायतका सामाग्रीहरु हटाइ दिनुपर्दछ।

(छ) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।

(ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।

(झ) शवलाई Disinfect गर्नु आवश्यक छैन।

(ज) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ।

(ट) शवको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन।

(ठ) ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।

(ड) सदगत गर्नु पूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ।

(ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।

(ण) COVID-19 ले मृत्यु भएको व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु पर्दैन।

यदि गर्नु परेमा मतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ।

(त) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक PPE प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ।

(थ) COVID-19 का कारण मृत्य भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नु पर्दछ।

(द) पोस्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरु Disinfect गर्नुपर्दछ।

(ध) Clinical Waste हरुको सावधानीपूर्वक Dispose गर्नुपर्दछ।

चैत २६ गते, २०७६ - १९:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजसम्मकै सबैभन्दा बढी एकैदिन थपिए २२६ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

२ नं. प्रदेशमा फेरी थपिए ८२ संक्रमित

जनकपुर । प्रदेश २ मा ८२ जना संक्रमित थपिएका छन् । सप्तरीको राजगढ गाउँपालिकाका १२ जना पुरुष, सिराहाको...   
विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा...   

दाङमा दूई स्वास्थ्यकर्मी र नवलपरासिमा ३ जनामा कोरोना पुष्टी

काठमाडौं । दाङ्मा २ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ भने पुवी नवलपरासिमा ३ जनामा...   

कर्णाली प्रदेशमा ४३ जना कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा...   

भारतबाट फर्केकाहरु चढेको गाडी बाँकेमा दुर्घटना

बाँके । भारतबाट नेपाल फर्केकाहरु चढेको गाडी बाँकेमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट...   

कोरोना संक्रमित फेरी ६० जना संक्रमित थपिए, विहान ६३ थपिएका थिए

काठमाडौं । २ नं. प्रदेशमा आइतबारमात्रै ६० जना संक्रमित थपिएका छन् । यसअघि आइतबार विहानमात्रै कर्णाली...   

कोरोनाका कारण बाजुरामा एक बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाजुरामा दुई वर्षिय बालिकाको मृत्यु भएको छ । ८ दिनअघि भारतबाट नेपाल...   

आज एकैदिन थपिए ६३ संक्रमित, कहाँका हुन् थपिएका संक्रमित !

काठमाडौं । कर्णाली प्रदेश आइतबार एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । पहिलोपटक संक्रमित भेटिएको...   
भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका २ पकडीको दशगजा क्षेत्रबाट नेपाल छिर्न खोजेका भारतीय नागरिकहरुको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top