Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यस सँगै जोडिएका जिल्लाका बर्दिवास र गौशाला नगरपालिकाका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा परेका यहाँका बासिन्दाको गुनासो छ ।

हुरीबतासको मौसममा डढेलोको क्रम रोकिएको छैन । यसले बस्ती भेट्ने डरले आफुहरु अचेल केही दिनयता रातैभरि जाग्राम बसेर कटाउँदै आएका वनसँगै जोडिएको गौशाला–८ बेलगाछीको ढल्केवर बस्तीकी गृहिणी मञ्जु मञ्जरीले बताए । जताततै आगलागीले ठूलो क्षति गरेका खबर सुन्न थालिएपछि झन् बढी त्रास बढेको यहाँका बासिन्दा बताउँछन् ।

“साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ”, मञ्जरीले भन्नुभयो, “कसरी निदाउन सक्नु रु” आफुहरु साना लालाबाला (नानीहरु) काखमा च्यापेर जागेरै रात कटाउने गरेका मञ्जरीसहितका ढल्केवरका बासिन्दाको भनाइ छ । वनसँगै जोडिएको बर्दिवास–५ गणन्ता बस्तीका सामाजिक कार्यकर्ता कारमान स्याङ्वाले भने, “अहिले कोरोनाको त्रासले आम मानिस घरघरै लकडाउनमा छन्, सुरक्षा गस्ती पनि कम भएको छ”, स्याङ्वाले भने, “यस्तो अप्ठ्यारो बेला पनि डढेलो भने रोकिएन ।” पछिल्लो दुई सातायता वनक्षेत्रमा बढेको डढेलो लगाउने क्रमले बस्तीमा आगलागीको जोखिम बढेसँगै बहुमूल्य काठ हुने साखुका नयाँ लाथ्रा (भर्खरका कलिला रुख) डढेर खरानी बनेका स्याङ्वासहितका गणन्तावासी बताउँछन् ।

बर्दिवास–१, ३, ४, ५, ८, १० र ११ मा वनसँगै जोडिएका २० भन्दा बढी बस्ती छन् । वनमा डढेलो देखिनासाथ आगलागीको डरले मुटु काम्ने गरेको बर्दिवास–५ सोनापेटी बस्तीकी १७ वर्षीया किशोरी सानीमाया तामाङ बताउछिन् । बर्दिवासकै वडा नं २ र १४ पनि वनक्षेत्रसँग सीमा जोडिएका छन् । यसैगरी गौशाला नगरपालिकाका रामनगर, बेलगाछी, भाण्टाबारी, ढल्केवर, बटुवा, लक्ष्मीनियाँ र कान्तीबजार वनक्षेत्रसँगै जोडिएका बस्ती हुन् । वनक्षेत्रमा डढेलो देखिनासाथै बस्तीमा त्रास छाउने गरेको बटुवाका बासिन्दा सूर्यनारायण महतो बताउछन् ।

पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको दायाँबायाँ गरी सागरनाथ वन विकास परियोजना, धार्मिक वन, साझेदारी वनक्षेत्र र सामुदायिक वनक्षेत्र गरी अहिले १६ हजार हेक्टर क्षेत्रफलमा वन कायम छ । यसअघि विभिन्न समयमा भएका अतिक्रमण, चोरीतस्करी र डढेलोले आठ हजार हेक्टर क्षेत्रफलको वन उजाड भइसकेको बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउछन् ।

खासमा वनक्षेत्रमा देखिने डढेलोचाहिँ यससँगै जोडिएका बस्तीबाट घाँस–दाउरा गर्न र वस्तु चराउन आउने गोठालाले लगाउने गरेका बूढापाकाको भनाइ छ । वनमा रुखबिरुवाले पुराना पात झारेर नयाँ मुना पलाउने बेलामै डढेलो देखिने गरेको छ । यतिखेर सुकेर झरेका पतिङ्गरमा डढेलो लगाए त्यसपछि वर्षा हुनासाथ राम्रो घाँस पलाउने र चरण बढ्ने आसले घाँसे र गोठालाले डढेलो लगाउने गरेका गौशाला–१ का ६५ वर्षीय चन्देश्वर महतो बताउछन् । यद्यपि कहिलेकाहीँ हावाहुरीबीच रुखरुखबीच हुने घर्षणले पनि डढेलो लाग्नसक्ने महतोको भनाइ छ ।

पछिल्लो कालमा वन सुरक्षा गस्तीको लापरवाहीले डढेलो नियन्त्रण हुन नसकेको यहाँका (बर्दिवास र गौशालाका) बासिन्दा बताउँछन् । वर्षेनी डढेलोको चपेटामा वन परिरहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरेर कारवाही गरेको थाहा नपाइएको बटुवाका सामाजिक कार्यकर्ता ७० वर्षीय लक्ष्मी महतो बताउछन् ।

यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले भने वनक्षेत्रमा सुरक्षा गस्ती झन् बढाइएको जनाएको छ । “कार्यालयसँग रहेको जनशक्ति हामीले गस्तीमा पठाइरहेका छौँ”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies