Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एकातिर कोरोनाको सन्त्रास, अर्कातिर आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यससँगै जोडिएका जिल्लाका बर्दिवास र गौशाला नगरपालिकाका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा परेका यहाँका बासिन्दाको गुनासो छ ।

हुरीबतासको मौसममा डढेलोको क्रम रोकिएको छैन । यसले बस्ती भेट्ने डरले आपूmहरु अचेल केही दिनयता रातैभरि जाग्राम बसेर कटाउँदै आएका वनसँगै जोडिएको गौशाला–८ बेलगाछीको ढल्केवर बस्तीकी गृहिणी मञ्जु मञ्जरीले बताए । जताततै आगलागीले ठूलो क्षति गरेका खबर सुन्न थालिएपछि झन् बढी त्रास बढेको यहाँका बासिन्दा बताउँछन् ।

“साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ”, मञ्जरीले भने, “कसरी निदाउन सक्नु रु” आपूmहरु साना लालाबाला ९नानीहरु० काखमा च्यापेर जागेरै रात कटाउने गरेका मञ्जरीसहितका ढल्केवरका बासिन्दाको भनाइ छ । वनसँगै जोडिएको बर्दिवास–५ गणन्ता बस्तीका सामाजिक कार्यकर्ता कारमान स्याङ्वाले भने, “अहिले कोरोनाको त्रासले आम मानिस घरघरै लकडाउनमा छन्, सुरक्षा गस्ती पनि कम भएको छ”, स्याङ्वाले भने, “यस्तो अप्ठ्यारो बेला पनि डढेलो भने रोकिएन ।” पछिल्लो दुई सातायता वनक्षेत्रमा बढेको डढेलो लगाउने क्रमले बस्तीमा आगलागीको जोखिम बढेसँगै बहुमूल्य काठ हुने साखुका नयाँ लाथ्रा ९भर्खरका कलिला रुख० डढेर खरानी बनेका स्याङ्वासहितका गणन्तावासी बताउँछन् ।

बर्दिवास–१, ३, ४, ५, ८, १० र ११ मा वनसँगै जोडिएका २० भन्दा बढी बस्ती छन् । वनमा डढेलो देखिनासाथ आगलागीको डरले मुटु काम्ने गरेको बर्दिवास–५ सोनापेटी बस्तीकी १७ वर्षीया किशोरी सानीमाया तामाङ बताउछन् । बर्दिवासकै वडा नं २ र १४ पनि वनक्षेत्रसँग सीमा जोडिएका छन् । यसैगरी गौशाला नगरपालिकाका रामनगर, बेलगाछी, भाण्टाबारी, ढल्केवर, बटुवा, लक्ष्मीनियाँ र कान्तीबजार वनक्षेत्रसँगै जोडिएका बस्ती हुन् । वनक्षेत्रमा डढेलो देखिनासाथै बस्तीमा त्रास छाउने गरेको बटुवाका बासिन्दा सूर्यनारायण महतो बताउछन् ।

पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको दायाँबायाँ गरी सागरनाथ वन विकास परियोजना, धार्मिक वन, साझेदारी वनक्षेत्र र सामुदायिक वनक्षेत्र गरी अहिले १६ हजार हेक्टर क्षेत्रफलमा वन कायम छ । यसअघि विभिन्न समयमा भएका अतिक्रमण, चोरीतस्करी र डढेलोले आठ हजार हेक्टर क्षेत्रफलको वन उजाड भइसकेको बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउछन् ।

खासमा वनक्षेत्रमा देखिने डढेलोचाहिँ यससँगै जोडिएका बस्तीबाट घाँस–दाउरा गर्न र वस्तु चराउन आउने गोठालाले लगाउने गरेका बूढापाकाको भनाइ छ । वनमा रुखबिरुवाले पुराना पात झारेर नयाँ मुना पलाउने बेलामै डढेलो देखिने गरेको छ । यतिखेर सुकेर झरेका पतिङ्गरमा डढेलो लगाए त्यसपछि वर्षा हुनासाथ राम्रो घाँस पलाउने र चरण बढ्ने आसले घाँसे र गोठालाले डढेलो लगाउने गरेका गौशाला–१ का ६५ वर्षीय चन्देश्वर महतो बताउछन् । यद्यपि कहिलेकाहीँ हावाहुरीबीच रुखरुखबीच हुने घर्षणले पनि डढेलो लाग्नसक्ने महतोको भनाइ छ ।

पछिल्लो कालमा वन सुरक्षा गस्तीको लापरवाहीले डढेलो नियन्त्रण हुन नसकेको यहाँका ९बर्दिवास र गौशालाका० बासिन्दा बताउँछन् । वर्षेनी डढेलोको चपेटामा वन परिरहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरेर कारवाही गरेको थाहा नपाइएको बटुवाका सामाजिक कार्यकर्ता ७० वर्षीय लक्ष्मी महतो बताउछन् ।

यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले भने वनक्षेत्रमा सुरक्षा गस्ती झन् बढाइएको जनाएको छ । “कार्यालयसँग रहेको जनशक्ति हामीले गस्तीमा पठाइरहेका छौँ”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies