Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

गण्डकी प्रदेश समाचार : ७२ वटाको कोरोना परीक्षण नेगेटिभ, आफूखुशी राहत वितरण गरे कारवाही

कास्की । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताए। हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।

आफूखुशी राहत वितरण गरे कारवाही

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले लकडाउनको बेला आफूखुशी राहत सङ्कलन र वितरण गर्नेलाई कारवाही गर्ने भएको छ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुशी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आफूखुशी राहत वितरण कार्य सरकारको नीतिविपरीत भएको हुँदा त्यस्तो नगर्न नगराउन र त्यस्ता किसिमका राहत वितरण कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र गर्न सचेत गराइएको जानकारी दिए। कतिपय उद्योग व्यवसायीबाट अत्यावश्यक वस्तुको मूल्यवृद्धि गरेको, उपभोक्तासँग बढी रकम असुल गरी कालोबजारी गरिएको भन्ने बुझिन आएकाले त्यस्ता कार्य नगर्न नगराउन पनि प्रशासन कार्यालयले सचेत गराएको छ ।

यसैबीच, लकडाउन जारी भएपछि तनहुँ जिल्लामा अलपत्र परेका एक हजार २०० भन्दा बढी कामदारलाई उद्धार गरी घर पठाइएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालित सडक आयोजना, नाला, पुललगायतमा काम गर्ने कामदारलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर घर पठाएको हो ।

लकडाउन शुरु भएदेखि हालसम्म एक हजार २३० कामदारको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

जिल्लामा सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको र विदेशबाट फर्किएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले बताए।

कोषमा सहयोग

कोभिड–१९ को जोखिम कम गर्न, राहत वितरण तथा आवश्यक व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा खडा गरिएको विपद् कोषमा सहयोग उठ्ने क्रम शुरु भएको छ । रु ५० लाखको विपद् व्यवस्थापन कोष बनाएको भानु नगरपालिकामा जैविक विविधता केन्द्रले रु १० हजार, ग्रिन हिमालय कृषि तथा पशु फार्मले रु १५ हजार, प्रगतिशील दुग्ध उत्पादक सहकारी संस्थाले रु १० हजार सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

यसैगरी देवघाट गाउँपालिकामा खडा गरिएको विपद् व्यवस्थापन कोषमा प्राणनाथ अनाथ सेवा आश्रमले रु २५ हजार, सिद्धार्थ बैंक देवघाट शाखाले रु ३० हजार सहयोग गरेको छ । म्याग्दे गाउँपालिकामा म्याग्दे सहकारी सङ्घले रु एक लाख ४१ हजार ९४७ र स्थानीय रामभक्त घिमिरेले रु १० हजार सहयोग गरेका छन् ।

भारतबाट आएका आठको स्वाब सङ्कलन

बलेवा : बाग्लुङको बरेङ गाउँपालिकामा भारतबाट आएका छसहित आठ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाइनमा पुगेर थ्रेट स्वाब सङ्कलन गरेको हो ।

नेपाल–भारत सीमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका एक युवामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चारको परीक्षण थालिएको हो । उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा सात दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिनदेखि नै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

त्यस्तै भारतकै मुम्बइबाट आएका दुई जनाको पनि स्वाब सङ्कलन भएको छ । गुल्मीको शान्तिपुरसम्म उनीहरुलाई लिन पुगेका थप दुई जनाको पनि स्वाब सङ्कलन गरिएको गुरौले बताए। उनीहरु नयाँबजारको जनता प्राविको क्वारेन्टाइनमा बसेका छन् । मङ्गलबार सङ्कलन भएको स्वाब आज बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइने छ ।

कालीगण्डकीबाट सकुशल उद्धार

पर्वत : आत्महत्या गर्न हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् ।

मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies