चितवन । भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने बताए । उनले भने, “अस्पताललाई स्तरोन्नति गरी एक हजार श्ययाको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।” अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाको अभिभावकत्व ग्र्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने कार्यमा कटिबद्ध हुने बताए।
सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले गत सात महिनामा बहिरङ्ग सेवामा दुई लाख २० हजार बिरामीलाई सेवा दिइएको, आकस्मिक कक्षमा ३० हजार ८३३ को उपचार गरिएको र दुई हजार २५१ जनाले भर्ना भएर सेवा लिएको बताए । देशैभरका बिरामी आउने गरेको भए पनि चितवनसहित १९ जिल्लाका बिरामीको सङ्ख्या धेरै रहेको उहाँको भनाइ थियो ।
तिवारीले गुरुयोजनाअनुसार काम गर्नुपर्ने, स्रोतसाधनको उचित व्यवस्थापन गर्नुपर्ने, करार, अस्थायी कर्मचारीको व्यवस्थापन गनुपर्ने, विशेषज्ञ सेवाका लागि छुट्टाछुट्टै भवन बनाउनुपर्ने जिम्मेवारी आफूहरुसँग रहेको जानकारी दिए । उनले अस्पतालका भवनको रङरोगन यसै वर्ष गर्ने योजना रहेको बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विसं २०१३ मा सामान्य स्वास्थ्य केन्द्रबाट शुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आइपुगेको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: