Khabar Dabali Logo
  June 3, Wed

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु भारतमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिदै, चीनमा नगन्य

मंगलबार मात्रै त्यहाँ १९ सय ७० जनाको मृत्यु भएको हो । यो हालसम्मकै उच्च मृत्युदर हो । योसँगै कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ८ सय ४१ को मृत्यु भएको छ ।

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या मंगलबार ह्वात्तै बढेको छ ।

यसअघिको तुलनामा अमेरिकामा मृत्युदर बढेको हो । मंगलबार मात्रै त्यहाँ १९ सय ७० जनाको मृत्यु भएको हो । यो हालसम्मकै उच्च मृत्युदर हो । योसँगै कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ८ सय ४१ को मृत्यु भएको छ ।

मंगलबार ३३ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ लाख नाघेको छ । बुधबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ४ लाख ३ सय ३५ पुगेको छ ।

विश्वभर मृतकको संख्या ८२ हजार ३४ पुगेको छ । संक्रमित हुनेको संख्या १४ लाख ३० हजार ९१९ नाघेको छ । मंगलबार मात्रै साढे ८४ हजार ९१५ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा दैनिक ५ सय थपिदै

छिमेकी मुलक भारतमा भने दैनिकजसो ५ सयको हाराहारीमा थपिईरहेका छन् । सोमबार ७ सय नयाँ थपिएको भारतमा मंगलबार मध्यरातिसम्ममा ५ सय ७३ थपिए । यो सँगै भारतमा संक्रमितको संख्या ५ हजार ३५१ जना पुगेको छ भने १६० को मृत्यु भएको छ ।

चीन स्थिर

अर्को छिमेकी मुलुक चीन भने करिब महिनादिन यता स्थिर अवस्थामा देखएिको छ । दैनिक ३० देखि ४० जनाको हाराहारीमा संक्रमित थपएिका छन् मृत्युदर एकदम कम रहेको छ ।
चीनका अनुसार अधिकांश संक्रमित देशभित्रका होइनन्, उनीहरु बाहिरबाट संक्रमण लिएर स्वदेश फर्किएका आफ्ना नागरिकहरु हुन् ।

मंगलबार चीनमा १ जनाको पनि मृत्यु भएन भने कुलमा चीनमा संक्रमितको संख्या ८१ हजार ७४० रहेको छ । त्यो मध्य ७७ हजार १६७ जना निको भएर घर फर्किसकेका छन् भने जम्मा ३ हजार ३३१ जनाको मृत्यु भएको छ । हाल १ हजार २४२ जनाले उपचार गराईरहेकोमा २ सय ११ जनामात्रै गंभिर अवस्थामा रहेको बताइएको छ ।

यो सँगै चीनमा उच्च शतर्कतासहित सबै शहरहरुको दैनिकी खुल्ला भएको छ ।

विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –

Coronavirus-Update-8-apr

यो पनि पढ्नुहोस्

चैत २६ गते, २०७६ - ०७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै उपचार गरिने –यस्ता छन् मापदण्ड

काठमाडौं । लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका...   

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको मृत्यु...   

पछिल्लो २४ घण्टामै थपिए २०१ कोरोना सक्रमित, दुई हजार ३ सय पुग्यो संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

काठमाडौं मेडिकल कलेजका अर्का एक डाक्टरलाई नै कोरोना पुष्टी

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको...   
चौतर्फी दवावले पछि हट्यो सरकार, असार ७ सम्म थपियो कर बुझाउने म्याद

चौतर्फी दवावले पछि हट्यो सरकार, असार ७ सम्म थपियो कर बुझाउने म्याद

काठमाडौं । अर्थमन्त्रालय अन्तर्गत आन्तरिका राजश्व विभागले राजश्व बुझाउने म्याद असार ७ गतेसम्मका...   

कर्णालीमा १६ कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा १६ कोरो संक्रमित थपिएका छन् । दैलेखका ७, सल्यानका २ र कालिकोटका ७ जना थपिएका...   

सप्तरीमा झडप : १५ घाइते, ८ राउण्ड हवाई फायर

काठमाडौं । सप्तरीमा झडप हुँदा १५ जना घाईते भएका छन् भने प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । छिन्नमस्ता...   
डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा...   
जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

काठमाडौं । विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली। राजनीतिक बेथिति र आर्थिक विपन्नताले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top