Khabar Dabali Logo
  June 5, Fri

साउदीमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुन सक्ने : स्वास्थ्य मन्त्री

रियाद । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिइएको जनाएको हो ।

स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने, “अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।”

विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।

चैत २५ गते, २०७६ - २१:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कन्ट्याक्ट ट्रेसिङ गर्न देशैभर थप टोली परिचालन

कन्ट्याक्ट ट्रेसिङ गर्न देशैभर थप टोली परिचालन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि...   

काठमाडौमा एक हजार ९८२ जनाको कोरोना बीमा

काठमाडौ । काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले...   

सोमबारदेखि होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

आन्ध्रप्रदेश । भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी...   

लागुऔषध ओसारपसार गर्ने एम्बुलेन्स सहित चालक नियन्त्रणमा

तुलसीपुर । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट...   

बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग

काठमाडौ । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा...   
भक्तपुरमा विदेशबाट ल्याएका नागरिकलाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुरमा विदेशबाट ल्याएका नागरिकलाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर...   
क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु...   

अत्यावश्यक ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौ । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही...   

स्वदेश फर्कनेलाई टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने

काठमाडौ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क...   

हेटौँडाबाट सालकको खपेटासहित तीन जना पक्राउ

हेटौडा । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top