Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

डिआइजी कटौती गर्ने सरकारको निर्णयले प्रहरीमा हंगामा

काठमाडौं । सरकारले नेपाल प्रहरीमा उच्च तहको दरबन्दी कटौती गरेपछि प्रहरीमा हंगामा मच्चिएको छ । संगठन तथा व्यवस्थापान सर्वेक्षण (ओएण्डएम) नै नगरी सोमबारको मन्त्रिपरिषद्को बैठकले डिआईजीको १३ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

प्रहरी संगठनमा कुनै पनि दरबन्दी थप्न तथा घटाउन ओएण्डएम सर्वेक्षण गर्नुपर्ने प्रहरी नियमावलीमा प्रावधान छ । यसरी दरबन्दी घटाउँदा त्यस्तो कुनै सर्वेक्षण नै भएको छैन । साथै यस्ता प्रस्ताव प्रहरी प्रधान कार्यालयबाट अघि बढ्नेमा गृह मन्त्रालयले सिधैं लगेको थियो । गृहले प्रशासनतर्फका डिआईजीका २६ बाट दरबन्दीलाई १९ मा झार्ने प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले १३ मात्र राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार सात प्रदेशमा सात, महानगरीय प्रहरी कार्यालयमा एक, तीन वटा ब्यूरोमा तीन, प्रहरी एकेडेमीमा एक तथा प्रहरी मुख्यालयमा एक गरी १३ वटा मात्र डिआईजीको दरबन्दी राख्ने निर्णय भएको छ ।

प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबारे डिआईजी दरबन्दी कटौतीबारे पहिलेदेखि नै विवाद चल्दै आएको थियो । डिआईजी कटौतीको निर्णयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली लगायत उच्च प्रहरी अधिकारीहरु असन्तुष्ट छन् । यसको असर फिल्डमा समेत पर्न सक्ने उनीहरुको चिन्ता छ । अहिलेको विवाद मिलाउनका लागि कतिपय दरबन्दी केही महिनापछि लागू हुने गरी कार्यान्वायन गर्नेबारे समेत छलफल थालिएको स्रोत बताउँछ । डिआईजीको दरबन्दी तय नहुँदा प्रहरीमा बढुवा रोकिएको छ । हाल चार मात्र डिआईजी छन् । सात मध्ये ६ प्रदेश निमित्तका भरमा चलेका छन् ।

के हुन्छ असर ?

यो निर्णयको प्रहरी बढुवामा तत्काल असर देखिने छ । दरबन्दी कटौती नगरेको अवस्थामा २२ एसएसपी डिआईजीमा बढुवा हुने थिएन । अब ९ जना मात्र बढुवा हुनेछन् । थोरै मात्र पद हुँदा अस्वस्थ चलखेल हुने सम्भावना छ । बढुवाको मुखमा रहेकाहरु एसएसपीबाटै अवकाश पाउने अवस्था समेत आउने सम्भावना छ ।

साथै यसले राजिनामा बढ्ने र भर्नामा आकर्षण घट्ने प्रहरी अधिकारीको चिन्ता छ । ‘इन्सपेक्टरमा भर्ना भएकाहरु ३० वर्ष जागिर खाएर एसएसपीबाटे अवकाश हुनुपर्ने अवस्था आउँछ, यस्तो भएपछि प्रहरीमा को आकर्षित होला’ एक प्रहरी अधिकारी भन्छन्,‘अर्कोतर्फ थोरै पद हुँदा बढुवा पनि ढिलो हुन्छ, यसले प्रहरीमा नैराश्यता छाउँछ ।’ प्रहरी संगठन पिरामिड शैलीको हुनुपर्ने भएपनि उच्च पदहरु न्यून हुँदा त्यसको असर शान्ति सुरक्षामै देखिनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

९ वर्षमा १२ बाट २६ पुग्यो

विगतमा हचुवाकै भरमा नेपाल प्रहरीमा पटक पटक डिआईजीको दरबन्दी थप्ने काम भएको थियो । २०६७ सालमा माधव कुमार नेपाल नेतृत्वको सरकारको समयमा डिआईजी दरबन्दी थप्दा ठूलो राजनीति भएको थियो । आफु निकट प्रहरीलाई बढुवा गर्न त्यतीबेला एकैपटक आठ जनाको दरबन्दी थप भएको थियो ।

त्यतीबेलासम्म १२ जनाको मात्र डिआईजीको दरबन्दी थियो । ‘१२ मध्ये आठ पद रिक्त थियो,’ त्यतीबेलाका एक उच्च प्रहरी अधिकारी भन्छन्,‘एकैपटक सरकारले आठ वटा थपेर १६ जनालाई बढुवा गरेको थियो ।’ तत्कालिन उपप्रधानमन्त्री रहेका विजयकुमार गच्छेदार निकट बिद्यानन्द माझिलाई बढुवा गर्न पनि सो दरबन्दी थप भएको थियो । कतिसम् मभने पिएसओको व्यवस्थापन हेर्ने सुरक्षा महाशाखालाई निर्देशनालय बनाएर डिआईजीको दरबन्दी राखिएको थियो । त्यस्तै, बिशेष ब्यूरो, अन्वेषण निर्देशनालय, लागूऔषध नियन्त्रण ब्यूरो, ट्राफिक महाशाखा जस्ता निकायमा हचुवाका भरमा डिआईजीको दरबन्दी थपिएको थियो ।

त्यस्तै पछि चार वटा दरबन्दी थप गरेर प्रशासनतर्फ २६ पुर्याइएको थियो । चारमध्ये दुई वटा प्रदेशमा, एउटा जुनियर प्रहरी एकेडेमी भरतपुर र एउटा साइबर ब्यूरोमा थप भएको हो ।

‘विगतमा पनि हचुवाकै भरमा दरबन्दी थप भयो,’ एक प्रहरी अधिकारी भन्छन्,‘अहिले फेरि हुचवाकै भरमा कटौती भएको छ । न पहिलेको निर्णय सही थियो, न अहिलेको ।’ विगतमा भन्दा प्रहरीको दरबन्दी बढेको र समायोजन हुन लागेकाले अहिले कटौती गर्ने निर्णयले प्रहरीलाई थप कमजोर बनाउने प्रहरी अधिकारीको चिन्ता छ । अहिलेको विषम परिस्थितीमा यसको असर देखिन सक्ने अवस्था छ । प्रहरीमा डिआईजीको दरबन्दी अनाबश्यक भएपनि समायोजनपछि अध्ययन गरेर मात्र कटौती गर्नुपर्ने प्रहरी अधिकारीको माग थियो ।-दृष्टिबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies