Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

महामारीकै बीच चुनाब, मतदानमा भाग लिन सदस्यहरुलाई डेमोक्र्याटिक पार्टीको आग्रह

म्याडिसन । संयुक्तराज्य अमेरिकाको विस्कन्सन राज्यमा कोरोनाभाइरसको महामारीकै बीच मंगलबार डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुने भएको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन राज्यमा चुनाव हुन लागेको हो । पार्टीले राज्यमा घरभित्रै बस्नेगरी आमजनतालाई जारी गरेको राज्यको आदेशलाई बेवास्ता गरी मतदानमा भाग लिन पार्टीका सदस्यहरुलाई आग्रह गरेको छ ।

राज्यका चुनावी स्थलको सुरक्षा भने नेसनल गार्डले गर्ने व्यवस्था मिलाइएको छ किनभने चुनावमा खटिएका हजारौं कार्यकर्ताले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा भन्दै सहभागी हुन अस्वीकार गरिदिएका छन् । केही दर्जन मतदान स्थलहरु बन्द गरिएका छन्, तर खुला गरिएक केन्द्रहरुमा बिहान ७ बजेदेखि नै मतदान हुनेछ ।

चुनावी परिणाम भने मंगलबार नै घोषणा गरिने छैन । पूर्व निर्धारित मितिमै चुनाव गर्ने वा रोक्ने विषयमा अदालतमा मुद्दा समेत परेको थियो । अदालतले चुनाव पूर्व निर्धारित मितिमै गर्ने तर चुनावी नतिजा आगामी अप्रिल १३ यता घोषणा गर्न नपाइने आदेश दिएको थियो । जनस्वास्थ्यको कुरा उठाउँदै गभर्नरले राज्यमा चुनाव स्थगित गर्न आदेश दिए पनि सर्वोच्च अदालतले अन्तिम समयमा चुनाव रोक्न नपर्ने आदेश दिएको थियो ।

चुनावी मैदानमा सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन रहनु भएको छ । धेरै राज्यमा बाइडेनले चुनाव जित्नु भए पनि स्यान्डर्सले आफ्नो उम्मेदवारी परित्याग गरेका छैनन् । चुनावमा विजयी हुनेले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

जो बाइडेनले विस्कन्सन राज्यको चुनावमा आफू विजयी हुने र अन्तिम नतिजा पनि आफ्नै पक्षमा आउने बताएका छन् । उनले बर्नी स्यान्डर्सको विजय हुने सम्भावना टर्दै गएको पनि दाबी गरे ।

विस्कन्सन राज्यमा सोमबार रातिसम्ममा २ हजार ५०० भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण भइसकेको र ७७ जनाको मृत्यु भइसेकेको छ । भाइरस संक्रमण रोक्न राज्यका गभर्नरले मानिसलाई घरबाहिर ननिस्कन र बाहिर निस्कनु परे सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies