Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कहाँ छन् लकडाउनअघि भित्रिएका २० हजार जना ?

काठमाडौं । कोभिड–१९ संक्रमण विश्वव्यापी फैलिइसक्दा हवाईमार्गबाट नेपालमा करिब २० हजार नेपाली भित्रिए । सरकारले समयमै निर्णय लिन नसक्दा विदेशबाट आएका विदेशी र नेपालीबाट स्थानीयस्तरमा संक्रमण फैलिने जोखिम बढेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार लकडाउनअघिका दस दिन ९चैत १–१०० को अवधिमा मात्रै ६५ देशबाट २० हजार ५४ नेपाल भित्रिएका थिए । तीमध्ये १९ हजार ५ सय ५३ जना नेपाली संसारका विभिन्न देशबाट स्वदेश फर्किएका थिए ।

यो अवधिमा खुला सिमाना हुँदै भारतबाट कति नेपाली भित्रिए भन्ने यकिन तथ्यांक सरकारसँग छैन । विश्व स्वास्थ्य संगठनले कोरोनो संक्रमणलाई महामहारी घोषणा गरेको १३ दिनपछि अर्थात् चैत ११ बाट मात्रै नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । चीन, युरोप, अमेरिका र भारतमा संक्रमण फैलिसक्दा विश्वका कैयन् देशबाट विदेशी र नेपाली नागरिकले नेपालमा सहजै प्रवेश पाइरहेका थिए । कतिसम्म भने संक्रमण फैलिसकेका देशमा पनि अन्य देशका नागरिक सहजै आउजाउ गरिरहेका थिए ।

कोरोनो संक्रमणको पहिलोपटक पुष्टि भएको दुई महिनापछि मात्रै चैत ११ मा दोस्रो संक्रमण पुष्टि भएको थियो । यो अवधिमा सरकारले विदेशबाट भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने वा अन्य प्रबन्ध गर्ने काम गरेन । हाल संक्रमित देखिएकाहरूको ट्राभल हिस्ट्री हेर्ने हो भने लकडाउनको निर्णय एक साताअघि मात्रै भएको भए पनि अहिलेको संक्रमणबाट नेपालले पार पाउने सम्भावना रहन्थ्यो । किनकि लकडाउनको ६ दिनअघि अर्थात् चैत ४ मा कतार हुँदै काठमाडौं आएको विमानमा सवार तीन यात्रुमा संक्रमणको पुष्टि भइसकेको छ । संक्रमणका अन्य ६ घटनामध्ये एकमा स्थानीय संक्रमण पुष्टि भए पनि अन्य पाँचै जना लकडाउनको केही दिनअघि मात्रै नेपाल प्रवेश गरेका हुन् । तेस्रो संक्रमित चैत ६ गते यूएईबाट काठमाडौं आएका थिए भने चौथो संक्रमित चैत ७ गते दुबईबाट आएका थिए । २२ गते संक्रमण पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवा भने क्रमशः १२ र १४ गते स्थलमार्गबाट नेपाल छिरेका हुन् ।

संक्रमित नौ जनामध्ये चार जना वैदेशिक रोजगारीबाट फर्केका कामदार हुन् । जसमा दुई जना भारतबाट फर्केका कामदार भए पनि दुई जना खाडीबाट फर्केका हुन् । लकडाउन अघिका दस दिनमा कति कामदार खाडी र मलेसियाजस्ता प्रमुख श्रम गन्तव्य मुलुकबाट फर्के भन्ने हिसाब सरकारसँग छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सामान्य अवस्थामा वैदेशिक रोजगारीबाट औसतमा दैनिक सातदेखि आठ सय कामदार स्वदेश फर्किन्छन् । उनले चैत १ देखि १० गतेसम्म कति कामदार फर्किए भन्ने यकिन तथ्यांक नरहेको बताए । लकडाउनअघिका दस दिनमा स्वदेश आएका १९ हजार ५ सय ५३ नेपालीमध्ये आधा वैदेशिक रोजगारीबाट फर्किएका कामदार हुनसक्ने अनुमान विभागका अधिकारीहरू गर्छन् ।

सरकारले समयमै गम्भीर निर्णय नलिँदा वैदेशिक रोजगारीबाट फर्किएकाहरू र अन्य काममा प्रवासमा रहेका नेपालीहरू सामान्य ज्वरो जाँचका भरमा स्वदेश भित्रिए । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न गरेको आग्रह बाध्यकारी बन्न नसक्दा र त्यसको नियमनमा चुक्दा विदेशबाट फर्किएकाहरू ठूलो समुदायसँग सजिलै घुलमिल हुन पुगे । स्वदेशीलाई क्वारेन्टाइनमा राख्न नसकेपछि सरकारले समयमै विदेशी नागरिकको हकमा कडा कदम चाल्न सक्थ्यो तर महामारीको प्रकोप विश्वव्यापी बनिसक्दा पनि यो निर्णयसमेत सरकारले लिएन ।

कतिसम्म भने विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरिसक्दा पनि सबैभन्दा धेरै संक्रमणको क्षति व्यहोरेको चीनबाट चिनियाँ नागरिकहरू सजिलै नेपाल आइरहेका थिए । अध्यागमन विभागका अनुसार लकडाउनअघिका दस दिनमा मात्रै ५० चिनियाँ नेपाल आएको रेकर्ड छ । त्यसअघि माघ १८ देखि फागुन १५ को अवधिमा ३ हजार एक सय १० चिनियाँ भित्रिएको अध्यागमनको रेकर्ड छ ।

बेलायतरउत्तरी आयरल्यान्डबाट मात्रै लकडाउनअघिका दस दिनमा १ सय ४६ जना आएका थिए । जबकि फागुन १५ मै उत्तरी आयरल्यान्डमा कोभिड–१९ को पहिलो संक्रमण पुष्टि भएको थियो । अध्यागमन विभागको रेकर्डमा चैत १ यताका दस दिनमा एक सय आठ अमेरिकी नेपाल आएको तथ्यांक छ । जबकि माघ ६ मै अमेरिकामा ३५ वर्षीय नागरिकमा संक्रमण पुष्टि भएको थियो भने फागुन १७ मा संक्रमणबाट एक अमेरिकीको मृत्यु भइसकेको थियो । अमेरिकी सरकारले फागुन २८ मा २६ युरोपेली देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । जबकि यस्तो प्रतिबन्धपछिका १२ दिनसम्म पनि नेपालले भने अमेरिकी नागरिकलाई सहज प्रवेश दिइरह्यो ।

माघ १६ मा भारतको केरलामा कोरोना संक्रमणको पहिलो पुष्टि भएको थियो । त्यसपछिका दिनमा पनि नेपाल सरकारले कुनै गम्भीर कदम चालेन । भारतमा संक्रमणको संख्या बढ्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भारतीयहरूले नेपालमा सहज प्रवेश पाइरहेका थिए । चैत १ गतेपछिका दस दिनमा मात्रै विमानस्थल हुँदै एक हजार एक सय ९७ भारतीय नेपाल प्रवेश गरेको देखिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies