Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण स्थितिमा र लकडाउनको विषम परिस्थितिमा पनि जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश समितिका महासचिव श्रीजन झाले आज एक विज्ञप्तिमार्फत सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था तथा लकडाउन अवधिमा प्रकाशन आबद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी गर्न माग गरेका छन् ।

साथै पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवी पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्रीसहित तत्काल राहत प्याकेज घोषणा गर्दै सहजता प्रदान गर्न सरकारको ध्यानकर्षणसहित माग गरिएको छ । नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखापरेको सन्दर्भमा उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाई अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आबद्ध र सबै सञ्चारकर्मीमा उनले कृतज्ञता व्यक्त गरेका छन् ।

महासङ्घको प्रदेश समितिले मुलकमा देखिएको यस चुनौतीपूर्ण अवस्थामा पनि आत्मविश्वास र मनोबलसहित आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील हुँदै जनताको सूचना र समाचार प्राप्तिको हकलाई जीवन्त राख्न पत्रकारिताजगत्ले दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी खेलेको भूमिका स्वागतयोग्य रहेको जनाएको छ । महासचिव झाले प्रदेश समिति आबद्ध एवम् सम्पूर्ण सञ्चारकर्मीलाई आफू सुरक्षित रही कोरोनाको सङ्क्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्व पूरा गर्दै सजग रहनसमेत आह्वान गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies