Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोना भाइरसको औषधी छैन् तर कसरी निको भईरहेछन् संक्रमित ?

काठमाडौं । विश्वभर हालसम्म करिब १३ लाख मानिस कोरोना भाइरसबाट संक्रमित छन् । कोरोना भाइरसकै कारण हालसम्म ७० हजार बढिले ज्यान गुमाएका छन् । सँगै कोरोना भाइरसबाट संक्रमित बनेका २ लाख ७१ हजार मानिस निको भई घर पनि फर्किसकेका छन् ।

कोरोनाको सुरुवात भएको चीनमा संक्रमितमध्ये ९६ प्रतिशत बिरामी निको भई घर फर्किसकेको तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक तथ्यांकअनुसार त्यहाँ कोरोना संक्रमितमध्ये ४ प्रतिशत बिरामीले भने ज्यान गुमाएका छन् ।

अनौठो कुरा त के छ भने, कोरोनाको अहिलेसम्म कुनै खालको औषधी वा भ्याक्सिन बनेको छैन् । तर पनि मानिसहरु कोरोना संक्रमणबाट भने मुक्त भएका छन् । औषधी नै नबनेको अवस्थामा कसरी कोरोना संक्रमित ठिक भईरहेका छन् ? कसरी भईरहेको छ त उपचार ? धेरैको मनमा यसबारे पक्कै पनि प्रश्न छन् । अनौठो छ, संक्रमितमध्ये अधिकांश मानिस पूर्णं भाइरस मुक्त पनि भएका छन् ।

कसरी भईरहेको उपचार ?

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले भनेको छ, कोरोनाको अहिलेसम्म कुनै खालको उपचार भेटिएको छैन् । कुनै औषधी पनि उपलब्ध छैन् । औषधी बनाउनको लागि विश्वभरका वैज्ञानिकहरु निकै प्रयास गरिरहेका छन् ।

तर, औषधी नभेटिएको कोरोनाको उपचार भने भईरहेको छ । विश्व स्वास्थ्य संगठनको भनाईअनुसार उपचार संक्रमितको लक्षणका आधारमा उपचार भईरहेको छ । चिकित्सक कुनै विशेष औषधीभन्दा बिरामीमा देखिएको लक्षण र समस्याका आधारमा नै उपचार गरिरहेका छन् । जनाइएअनुसार फरक–फरक बिरामीमा फरक–फरक उपचार विधि प्रयोग गरिएको छ ।

चिकित्सकहरुले बताएअनुसार कोरोना भाइरसको कुनै औषधी नबनेको भएपनि बचाउको लागि र संक्रमण हटाउनको लागि उपचार गरिएको छ । चिकित्सकले संक्रमितको शरिरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दै उपचार गरिरहेको बताउँछन् ।

रोग प्रतिरोधात्मक क्षमताको विकास नै उपचार

चिकित्सक कोरोना भाइरस संक्रमित बिरामीलाई संक्रमण मुक्त गर्न शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास नै उपचार भएको बताउँछन् । संक्रमितलाई आइसोलेसनमा राखेसँगै रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने र अन्य समस्याहरुको उपचार गर्ने विधिलाई अपनाएको बताउँछन् । उनिहरुका अनुसार यहि विधिबाटै संक्रमितको शरिरबाट क्रमशः कोरोना भाइरस खत्तम हुँदै जानेछ ।

साथै संक्रमितबाट अन्यमा भाइरस सर्न नदिन सामाजिक दुरी र सेनेटाइजेशनको प्रयोग पनि महत्वपूर्ण हुने गर्दछ । यदि संक्रमितबाट अन्यमा संक्रमण सर्यो भने पुनः अन्यबाट संक्रमण मुक्त भएको व्यक्तिमा पनि संक्रमणको जोखिम रहन सक्छ ।

चिकित्सकहरुका अनुसार संक्रमित व्यक्ति पहिलेदेखि नै अन्य रोगको संक्रमणबाट ग्रसित भएको खण्डमा उसलाई उपचार गर्न गाह्रो हुन्छ । उच्च रक्तचाप, मुटुरोग, फोक्सोसम्बन्धी रोग, मधुमेह, मिर्गौलासम्बन्धी समस्यालगायतका दिर्घकालिन र अलि बढि नै समस्या भएका बिरामीलाई कोरोनाले गम्भिर समस्या निम्त्याउँछ ।

साथै बृद्ध भईसकेका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न नसक्दा पनि कोरोनाबाटै गम्भिर अवस्था आउने गर्दछ । त्यस्ता व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएसँगै अन्य रोगहरुले चाप्ने गर्दछ । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies