Khabar Dabali Logo
  June 5, Fri

कोरोना: बजारमा एक पुरुषले अरू मानिससामु खोकेपछि अदालतको कठघरामा

काठमाडाै । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस सामु खोकेको र त्यसको भिडिओ खिचेको पाइएपछि उनी विरुद्ध अपमानजनक कार्य गरेको अभियोग लगाइएको छ।

३८ वर्षीय रेमन्ड कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन्।
दु:ख व्यक्त
पछि ती पुरुषले आफ्नो कार्यबारे दु:ख व्यक्त गरेका छन्।

त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडिओ बनाउने कार्य मूर्खतापूर्ण र असम्वेदनशील भएको भन्दै त्यसप्रति उनले दुस्ख व्यक्त गरेका छन्।

सो भिडिओ फेसबुकमा राखिएपछि भाइरल भएको थियो र त्यसले व्यापक आक्रोश उब्जाएको थियो।

ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइएको थियो तर पछि त्यो अभियोग भने फिर्ता लिइयो।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई बेवकुफुको संज्ञा दिइन्।

कति सङ्क्रमित छन् न्यूजील्यान्डमा ?
कोरोनाभाइरसको सङ्क्रमण मानिसहरूले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने स(साना पानीमिश्रित कणमार्फत् एकअर्कामा फैलने वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्।

त्यसै कारण सकेसम्म मुख छोप्नु पर्ने वा कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नु पर्ने बताइएको छ।

यस्तो परिस्थितिमा अरूको अगाडि गएर जथाभावी र जानाजान खोक्नु वा हाच्छ्युँ गर्नुलाई धेरैले ठीक ठान्दैनन्।

संसारभरि नै पछिल्ला साताहरूमा मानिसहरूको सार्वजनिक व्यवहार सम्वेदनशील भनिएको बेला न्यूजील्यान्डको घटना प्रकाशमा आएको छ।

यसबीच विश्वभरिको कोभिड(१९ को आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा हालसम्म १,१०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ।

त्यहाँ कोभिड(१९ का कारण एकजनाको ज्यान गइसकेको छ।

नजिकैको अस्ट्रेलियामा भने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या साढे पाँच हजार पुगेको छ। बीबीसी

चैत २४ गते, २०७६ - १४:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कन्ट्याक्ट ट्रेसिङ गर्न देशैभर थप टोली परिचालन

कन्ट्याक्ट ट्रेसिङ गर्न देशैभर थप टोली परिचालन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि...   

काठमाडौमा एक हजार ९८२ जनाको कोरोना बीमा

काठमाडौ । काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले...   

सोमबारदेखि होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

आन्ध्रप्रदेश । भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी...   

लागुऔषध ओसारपसार गर्ने एम्बुलेन्स सहित चालक नियन्त्रणमा

तुलसीपुर । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट...   

बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग

काठमाडौ । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा...   
भक्तपुरमा विदेशबाट ल्याएका नागरिकलाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुरमा विदेशबाट ल्याएका नागरिकलाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर...   
क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु...   

अत्यावश्यक ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौ । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही...   

स्वदेश फर्कनेलाई टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने

काठमाडौ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क...   

हेटौँडाबाट सालकको खपेटासहित तीन जना पक्राउ

हेटौडा । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top