Khabar Dabali Logo
  June 1, Mon

लकडाउनले यसरी फेरियो स्वास्थ्यमन्त्री ढकालको दैनिकी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ (१४) दिन हो । लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ । उनको अहिलेको दैनिकी मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ ।

बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा उनी छन् । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको सङ्कट व्यवस्थापन समितिको सदस्यका रुपमा रहनुभएको छ । ती समितिको बैठकमा पनि उहाँले अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गर्छन्।

विभागीय मन्त्री भएकाले पनि उनको जिम्मेवारी अहिले बढेकाले पनि उनी अहिले बढी खट्ने उनका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए । “लकडाउन भएपछि उनको दैनिकी फेरिएको छ”, मन्त्री ढकालको भतिजा सौगात ढकालले भने, “बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त छन् ।”

लकडाउनसँगै उनको दैनिकमा आएको परिवर्तनले उहाँको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खान्छन् । “बिहानको खाना भने समयमा नै खान्छन् । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हुँदैन”, उनका भतिजा ढकालले भने, “मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उहाँको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।” राति सुत्नुभन्दा अगाडि कोभिड–१९ का सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रिया हेर्छन् ।

मन्त्री ढकालले अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्छन् । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी छन् ।

आकस्मिक बैठकबाहेक उहाँ मन्त्रालयमा नै रहन्छन् । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताए ।

नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा सङ्क्रमण ९सोसल ट्रान्समिसन० भेटिएपछि उहाँले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लागेको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले बताए ।

उनले अहिले अरुबेला राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई दिइने समय चिकित्सक र कोरोना नियन्त्रणमा दिएको उनको स्वकीय सचिव खतिवडाको भनाइ छ । “अहिले उनको कसैसँग पनि राजनीतिक कुरा हुँदैन”, उनले भने, “कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उहाँको ध्यान केन्द्रित भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उहाँ जाने गरेका छन् ।

उहाँको दैनिकजसो बैठकबाहेक दिनमा एकपटक कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्नुहुन्छ भने दिनमा आवश्यकताअनुसार उहाँसँग फोनमा पनि संवाद गर्छन् ।

यसैगरी उनी अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा छन् ।

दिनभरिको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ लिनुहुने भतिजा सौगात ढकालले बताए । वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उनले आफँै फोन गरेर व्रिफिङ लिने गर्छन् ।

मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीसँग पनि नियमित छलफल गर्छन् ।

यसैगरी आज पनि सोमबार लकडाउनका १४औ दिन उनी बिहान ९ बजे नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी भए । त्यो कार्यक्रम सकिएलगत्तै उनी शुक्रबार र आइतबार कोरोना हब अस्पतालका लागि तोकिएका छ वटा अस्पतालको अनुगमन प्रगतिका बारेमा विफ्रिङ लिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहाकार डा कार्की जानकारी दिए ।

त्यसपछि मन्त्री ढकालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा १०ः३० बजे सिंहदरबार पुगे । समितिको बैठक सकेर पुनःरक्षामन्त्रालयमा औषधिजन्य खरिदबारे रक्षामन्त्री पोखरेलसँग अर्को बैठकमा सहभागी भए। मन्त्री ढकालले त्यो बैठक सकेर पुनःप्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।

चैत २४ गते, २०७६ - १६:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५९ जिल्लाका फैलियो कोरोना भाइरस, २२१ जना डिस्चार्ज, कुन जिल्लामा कति संक्रमित ?

५९ जिल्लाका फैलियो कोरोना भाइरस, २२१ जना डिस्चार्ज, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट...   

बाँके बस दुर्घटना घाइतेहरुको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम...   

गाडी दुर्घटनाका मृतक र घाइतेको पिसिआर रिपोर्ट नेगेटिभ

बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट...   
दुई बालबालिकासहित फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

दुई बालबालिकासहित फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा...   

संक्रमणको दर बढ्दै गएपछि प्रदेश ५ मा कोरोना परीक्षणमा चुनौती

दाङ । प्रदेश नं ५ मा कोभिड –१९ को संक्रमण दर बढ्दै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेशमा...   
बाँके बस दुर्घटना : १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बाँके बस दुर्घटना : १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइते र मृतकको...   

एशियाली विकास बैंकद्वारा ३० अर्ब बराबरको ऋण सहयोग

काठमाडौं । एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको...   

हिंसा भड्किएपछि ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार

वासिङ्टन । थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा...   

घुस लिएको अभियोगमा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित...   

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top