Khabar Dabali Logo
  June 6, Sat

क्वारेन्टाइनमा बसेको १४ दिन बित्दा पनि परीक्षण भएन

धनगढी । कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन । मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ । यस्तोमा क्वारेन्टाइनमा बसेकाहरूको सक्दो परीक्षण हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – क्वारेन्टाइनमा बसेको १४ दिनसम्म संक्रमण देखिएन भने घर जान दिनुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका छ । यस प्रदेशका क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशले आइतबार १४ दिन कटाएका छन् । उनीहरूलाई परीक्षणै नगरी घर जान दिने कि राखिराख्ने भन्ने दोधार रहेका बेला आइतबारै प्रदेश सरकारले थप एक साता राख्ने निर्णय पनि गरेको छ । क्वारेन्टाइनमा बसेकाहरू भने बित्थामा लामो समय दुस्ख दिइएको भनेर आक्रोशित र चिन्तित छन् ।

प्रदेशले क्वारेन्टाइन अवधि एक साता लम्ब्याउने भने पनि डोटीका स्थानीय तहहरूले क्वारेन्टाइनमा बसेकाहरूको घाँटीको स्वाब परीक्षण नगरी घर पठाउने भएका छन् । सबैको स्वाब परीक्षण सम्भव नरहेकाले उनीहरूको सामान्य शारीरिक जाँच गरेर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन,’ उनले भने, ‘१५ औं दिनमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास परीक्षण गरेर उनीहरूलाई घर पठाइन्छ ।’

डोटीमा आइतबार भारतलगायत बाहिरबाट आएका ४ सय ५० जनालाई क्वारेन्टाइनमा राखेको १३ दिन भएको छ । उनीहरूलाई जिल्लाका २४ स्थानमा बनाइएका क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘क्वारेन्टाइनको कार्यविधिमा स्वाब परीक्षण गर्ने उल्लेख छैन,’ उनले भने, ‘४ सय ५० मध्ये ४ जनाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आयो ।’ क्वारेन्टाइनबाट घर पठाइए पनि ७ दिनसम्म बेग्लै बस्ने सर्त राखिएको छ ।

भारतलगायत बाहिरबाट फर्किएकाहरू घरमा बस्न नमान्ने भएकाले चिन्ता बढेको जनप्रतिनिधिहरूले बताए । फागुन अन्तिम सातायता झन्डै डेढ लाख मानिस भारतसहित विभिन्न मुलुकबाट सुदूरपश्चिममा भित्रिएका छन् । जति अनुरोध गर्दा उनीहरू पसलमा जम्मा हुने, तास खेल्ने, भेटघाट गर्ने गरेपछि प्रहरीको गस्ती बढाएको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए । ‘प्रहरीको गस्तीपछि भने त्यस्ता गतिविधिमा कमी आएको छ,’ उनले भने ।

यस प्रदेशमा सरकारले द्रुत परीक्षण गर्ने भने पनि त्यसका लागि किट छैन न पर्याप्त ल्याब टेक्निसियन छन् । ‘यसबारे संघीय स्वास्थ्य मन्त्रालयमा विज्ञहरूको छलफल चलिरहेको छ,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले आइतबार कान्तिपुरसँग भने, ‘सोमबार वा ढिलोमा मंगलबारदेखि र्‍यापिड परीक्षण हुने प्रारम्भिक जानकारी आएको छ ।’ यसका लागि काठमाडौंबाट ७ जनाको विज्ञ टोली धनगढी आउने र कार्ययोजना बनाएर काम अघि बढाउने उनले जानकारी दिए । लामो समयदेखि क्वारेन्टाइनमा रहेकाहरूको परीक्षण पहिलो प्राथमिकतामा पर्ने उनको भनाइ छ ।

संक्रमितको संख्या बढेपछि तीव्र गतिमा नमुना परीक्षण हुनुपर्ने दबाब बढ्दै गएको छ तर शनिबारसम्म १ सय ६९ जनाको मात्रै नमुना परीक्षण गरिएको छ । एक साताअघि धनगढीमै ल्याब खोलिएको छ । पहिले नमुना प्रदेश स्वास्थ्य प्रयोगशालाले संकलन गरेर काठमाडौं पठाउने गरेको थियो । यस बीचमा सेनाले समेत नमुना संकलन गरेर काठमाडौं लगेको थियो ।

निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी २ हजार ३ सय ८३ जना क्वारेन्टाइमा छन् । क्वारेन्टाइनमा सबैभन्दा बढी बझाङमा ४ सय ६४ जना छन् । त्यसपछि कैलाली, बैतडी र डोटीमा छन् ।

द्रुत परीक्षण किटबारे आफूलाई विस्तृत जानकारी नभएको निर्देशक डा। अवस्थीले बताए । ‘छोटो समयमा धेरैको प्रारम्भिक जाँच गर्ने विधि र्‍यापिड टेस्ट ९द्रुत परीक्षण० हो,’ उनले भने, ‘र्‍यापिड टेस्टबाट अन्तिम निक्र्यौल हुने होइन । तर कोरोना संक्रमण रहे, नरहेको प्रारम्भिक पहिचान हुन सक्छ । आशंका भएकाहरूको घाँटीको स्वाब संकलन गरेर ल्याबमा परीक्षण गर्नुपर्ने हुन्छ ।’

निर्देशक अवस्थीका अनुसार गत बिहीबारदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले दिनमा १० जनाको मात्र परीक्षण गर्न सक्छ । ‘बिहानैदेखि साँझसम्म काम गर्दा पनि १० भन्दा बढीको परीक्षण हुन सक्तैन,’ उनले भने । उनले विशेषज्ञ ४ जनासहित ल्याब टेक्निसियनको टोली परीक्षणमा संलग्न रहेको जानकारी दिए ।

चैत २४ गते, २०७६ - ०९:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउनमै १५ उद्योगले पौने ३ अर्बको लगानी स्वीकृति लिए

काठमाडौं । लकडाउनकै अवधिमा नेपालमा ११ उद्योगले विदेशी लगानीको स्वीकृति लिएका छन् । आजको नयाँ पत्रिका...   

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

काठमाडौं । हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै...   

क्वारेन्टिनमा बसेकाको पीसीआर नगर्दा जोखिम बढ्दै

काठमाडौं । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरडिटी–पीसीआर परीक्षण नगर्ने भएको छ । तर,...   

काठमाडौंका तीन स्थानमा विदेशबाट आएकालाई राखिने, यस्ताे छ व्यवस्थापन

काठमाडौं। काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको...   

लालपुर्जा नेपालको, भूमि भारतीय कब्जामा

झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४...   

सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल,...   

बैतडी घटना : इन्जेक्सन लगाएर बलात्कार गर्ने दोषीलाई साढे ११ वर्ष कैद सजाय

बैतडी । सर्वोच्च अदालतले बैतडी (कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत...   

सरकारले कोरोना रोकथामका लागि गरेको अर्बौं खर्चको पारदर्शिता खोइ ?

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च...   

अर्को निर्णय नभएसम्म बजार नखुल्ने

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको...   

५३ हजार विपन्न विद्यार्थीलाई एक अर्बकाे छात्रवृत्ति , अनलाइन फारम भर्न नसकेर १३ हजारले मात्र पाए

काठमाडौं । वर्षमा एकपटक अनलाइन फाराम भर्न नसकेर छात्रवृत्ति गुमाउने अवस्थामा एकैपटक ‘भर्चुअल क्लास’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top