Khabar Dabali Logo
  June 1, Mon

कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई निकालेपछि…

काठमाडौं । कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् ।

आजको नयाँपत्रिका दैनिकमा खबर छ – अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए । ‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्‍यो ।’

शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए । तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढुले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए ।

‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउनअघि श्रीमती पनि आएकी थिइन् । दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्‍यो । तर, लगत्तै मैमाथि यत्रो आपत् आइलाग्यो ।’

मिर्गौलाले काम गर्न छाडेपछि एक वर्षदेखि नियमित डायलाइसिसमा छु । तनहुँमा बसेर डायलाइसिस गराउने इच्छा थियो । तर, गरिब भएकाले बेड पाउन सकिनँ । बोलिदिने कोही भएन । बाँच्ने आशा बोकेर थानकोटमा सालीको कोठामा शरण लिन आइपुगेँ । त्यहीँबाट धापाखेलको सुमेरु अस्पतालमा नियमित डायलाइसिसमा थिएँ । बन्द हुँदा साढुको स्कुटरमा अस्पताल आउने जाने गर्थेँ, सजिलै भएको थियो । तर, आज घरबेटीका कारण चिसो छिँडीमा आइपुगेको छु । ‘कि अस्पताल नजानू, कि डेरा छाड्नू’ भनेपछि मैले बाँच्नका लागि डेरा छाडेँ । मेरा कारण घरबेटीले साली र साढुको पनि मन दुखाएका छन् । सालीको डेरामा बस्नु मेरो रहर थिएन, बाध्यता थियो । नियमित डायलाइसिसविना बाँच्न सक्दिनँ । एम्बुलेन्समा आउजाउ गर्न पैसा छैन । मैले के गरुँ  रु

घरबेटी शशी आफूले घर र अस्पताल गर्दा जोखिम हुन्छ भनेको, तर घर छाडेरै जान नभनेको बताउँछिन् । ‘घर र अस्पताल गर्दा जोखिम हुन्छ, एम्बुलेन्समा आउजाउ गर्नु भनेको हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘कोठा छाडेर हिँडेपछि रातभर हामीलाई पनि चिन्ता भयो ।’

तर, गुरुङ एम्बुलेन्समा अस्पताल जाउआउ गर्न सक्ने हैसियतका बिरामी होइनन् भन्ने शशीलाई थाहा थियो । किनभने, सालीको शरणमा बसेर उपचार गराइरहेको उनलाई थाहा थियो ।

गुरुङ अहिले सुमेरु अस्पतालको चिसो छिँडीमा पुगेका छन् । राति वेटिङ रुमको चिसो कुर्सीमा शरीर अड्याउँछन् । कसैले दिए खान पाउँछन्, नत्र भोकै बस्नुपर्छ । ‘म डेराबाट निकालिएर अस्पतालको छिँडीमा आइपुगेको छु । यो बिचल्लीमा पैसा पनि छैन । कसैले दया गरेर दिए खान पाउँछु, नत्र भोकै हुन्छु,’ गुरुङले भने ।

चैत २४ गते, २०७६ - ०८:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाजपा, कंग्रेस नेता र केन्द्रीय मन्त्री नरम, सुरक्षा र कूटनीतिक निकाय गरम

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक,...   

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क...   

मेलम्चीको सुरुङ परीक्षणको तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी...   
सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको...   

शीर्ष नेताहरू नै बजेटको आलोचना र बचाउमा

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७७–७८ को बजेटको दलका शीर्षस्थ नेताहरूले आलोचना र बचाउमा...   

फास्ट ट्रयाकबाट संविधान संशोधन, यस्ता छन् प्रक्रिया

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले...   
सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

हुम्ला । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना...   

स्वदेश फर्कन चाहने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना...   

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

काठमाडौं। मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो...   
रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

यसरी सुरु भएको थियो प्रेम जाजरकोट । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top