Khabar Dabali Logo
  June 1, Mon

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

काठमाडाैं । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नजाने गरेको पाइएको छ । सामान्य ज्वरो, रुघाखोकी लागेमा सिधै कोरोना अस्पताल लगेर आईसोलेसनमा १४ दिन राख्ने गरेको भ्रमले समेत बिरामी अस्पताल नजाने गरेको पाइन्छ ।

आजको राजधानी दैनिकमा खबर छ – जिल्लाका ठुला अस्पतालहरु प्राय खालि छन् । कोरोनाको हल्ला नहुँदासम्म जिल्लाका अस्पतालमा विरामीको चाप हुनेगरेको थियो । लकडाउन सुरु भएपछि नयाँ विरामी अस्पताल जाने क्रम घटेको र अस्पतालमा भएका विरामी पनि डिस्चार्ज मागेर सवै घर घरमा रहेको अवस्था छ । केही अति संवेदनशिल विरामी वाहेक अहिले कुनैपनि अस्पतालमा नयाँ विरामी देखिदैनन ।

जिल्लामा केन्द्रिय स्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायीक ईकाई रहेका छन् । श्रोतसाधनको अभावले यो समयमा जोखिम मोलेर उपचारको काम गर्न नसकिने बताउदै केही निजी मेडिकलले अहिले काम गरिरहेका छैनन् ।

जिल्लाका अस्पतालमा एकैपटक एक्कासी विरामी कम हुनुलाई चिकित्सकहरुले थप जोखिमको अवस्था मानेका छन् । कोरोना संक्रमणको डरले बिरामी भएकाहरु सकेसम्म अस्पताल जान चाहदैनन् । तर डरकै कारणले रोग पालेर बसिरहँदा दिर्घकालिन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाब छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले रोग लुकाएर घरमै वस्नु थप जोखिम हुने बताउदै कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताए । घरमै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई अस्पताल आउन आग्रह गर्दै उनले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालमा गत बर्ष यो समयमा प्रतिदिन एक हजार भन्दा बढी विरामी आएको तथ्याँक भएपनि अहिले प्रतिदिन एक सयको हाराहारीमा मात्र विरामी आउने गरेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए । अन्य अस्पतालमा पनि विरामी कम आउने गरेकाछन् । चितवन मेडीकल कलेजका नर्देशक डा। दयाराम लम्साल आँफुहरुले बिरामी हेरीरहेको भए पनि बिरामीनै आउन छाडेको बताउदै प्रतिदिन सय जना नयां विरामी पनि मुस्किलले आउने गरेको जानकारी दिए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बाहीर हिडडुल गर्न जोखिम भएको,घरबाटै चिकित्सक, स्वास्थ्यकर्मीसंग परामर्श गर्ने क्रम बढेकोले विरामी सिधै अस्पतला आउन कम भएको हुनसक्ने बताए । गएको ९ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुमा ४ हजार भन्दा बढी बिभिन्न रोगका बिरामीहरु उपचारका लागि आएको जानकारी दिदै तिवारीले लगभग एक हजार विरामी ज्वाृरो र रुघाघोकिका रहेको जानकारी दिएकाछन् ।

नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवं बरिष्ठ फिजिसियन डा। प्रकाश खतिवडाले बल्झने र फैलने खालका समस्या छन भने रोग लुकाउनु घातक हुने बताउदै टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्क संग आउन आग्रह गरेकाछन् ।

दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउदै उनले ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले नडराई अस्पताल आउन सुझाव दिए । घरमानै रोग पालेर बस्ने र अन्तिम अबस्थामा अस्पताल आउँदा उपचार हुन नसकेर ज्यान जान थालेको भन्दै खतिवडाले सबै समयमानै सजग हुनुपर्ने बताए ।

समान्वय ज्वरो रुघाखोकी लागीहालेमा समेत तुरुन्तै चिकित्सकको सल्लाह र अस्पतालमा पुग्नुपर्ने यो समयमा घरमै बसेर रोग लुकाउँदा थप समस्या र जोखिम बढ्ने भएकोले कोरोनको डर र त्रास कम गराउदै सरोकारवालाले अस्पतालमा ढुक्कसंग उपचार हुने वातावरण वनाउन आवश्यक देखिएको छ ।

चैत २४ गते, २०७६ - ०६:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाजपा, कंग्रेस नेता र केन्द्रीय मन्त्री नरम, सुरक्षा र कूटनीतिक निकाय गरम

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक,...   

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क...   

मेलम्चीको सुरुङ परीक्षणको तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी...   
सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको...   

शीर्ष नेताहरू नै बजेटको आलोचना र बचाउमा

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७७–७८ को बजेटको दलका शीर्षस्थ नेताहरूले आलोचना र बचाउमा...   

फास्ट ट्रयाकबाट संविधान संशोधन, यस्ता छन् प्रक्रिया

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले...   
सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

हुम्ला । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना...   

स्वदेश फर्कन चाहने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना...   

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

काठमाडौं। मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो...   
रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

यसरी सुरु भएको थियो प्रेम जाजरकोट । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top