Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

घर फर्किए रोकिएका दुई हजार तीन सय ७० विदेशी नागरिक

काठमाडौ । कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् ।

काठमाडौँमा जम्मा भएका विदेशीलाई उनीहरुकै मुलुकले जहाज चार्टर्ड गरी लगेका हुन् । अहिले एक हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति सङ्ख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको बताए ।

उनले देशका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका एक हजार ७२१ जनालाई बोर्डले उद्धार गरी स्वदेश फर्कन सहजिकरण गरेको जानकारी दिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् भन्ने अझै यकिन विवरण आइनसकेको बोर्डले जनाएको छ । अध्यागमन विभागको मार्च २१ सम्मको तथ्याङ्क हेर्दा दुई हजार ५०० विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये एक हजार २०० स्वदेश फर्केको रेकर्ड छ । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको छ । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको बोर्डको अनुमान छ । अन्य विदेशी नागरिक कहाँ कुन अवस्थामा छन् अहिले नै भन्न नसकिने सरोकारवाला निकाय बताउछन् । नेपालमा करिब १० हजार विदेशी नागरिकले प्रवेशाज्ञा (भीषा) थपेर बसेको बताइन्छ ।

कोभिड–१९ को जोखिम हुन नदिन सरकारले चैत ११ देखि २५ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा यहाँ रोकिएका विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको हो । सरकारले गत चैत ९ गतेदेखि वैशाख ३ गतेसम्म मुलुकमा भित्रने सबै अन्तरराष्ट्रिय वायु सेवा कम्पनीको उडान बन्द गरेको छ । आन्तरिक उडान पनि बन्द गरिएको छ । यो अवस्थामा नेपालका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका विदेशी पर्यटकलाई हवाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो । कतिपय विदेशीलाई सडकमार्ग भएर पनि ल्याइयो । पोखरा, चितवन, लुक्ला, मुस्ताङको जोमसोमलगायत गन्तब्यबाट पर्यटकलाई उद्धार गरिएको थियो । नेपालको आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीका जहाज मार्फत विदेशीको उद्धार गरिएको थियो ।

अन्तरराष्ट्रियतर्फ पनि निगमको वाइड बडी जहाजले अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिकलाई चार्टर्ड उडानमार्फत गन्तब्यमा लगेको थियो भने सबैभन्दा बढी कतार एयरवेजले विदेशी नागरिक बोकेको छ । उक्त कम्पनीको जहाजले युरोपेली मुलुक फ्रान्स, जर्मनीलगायत मुलुकका मात्र नभई तीन सयभन्दा बढी अमेरिकी नागरिकलाई पनि उनीहरुको देश पु¥याएको छ । पछिल्लो पटक हिजो चार देशले चार्टर्ड उडान गरी आफ्ना नागरिक लगे ।

लकडाउनको आज १३औँ दिनको अवधिमा दिनहुजसो अन्तरराष्ट्रिय चार्टड उडान भइरहेका छन् आज पनि अमेरिकाले अफ्ना ३०५ जना नागरिकलाई कतार एयरवेजको जहाज चार्टर्ड गरी स्वदेश लैजादैैछ । नेपालमा रोकिएकामध्ये कतिपय विदेशीको प्रवेशाज्ञा अवधि सकिएको छ । त्यस्ता विदेशीसँग लकडाउनका कारण उनीहरुलाई घर फर्किन केही दिन ढिला भए कुनैपनि शुल्क नलिने सरकारले निर्णय गरेको थियो । तर पछिल्ला केही दिनको उडानमा घर फर्कने विदेशी नागरिकलाई अध्यागमनले ४५ अमेरिकीडलर जरिवाना लिएकोमा सम्बन्धित मुलुकका नागरिकले गुनासो गरेका छन् ।

हिजो मात्रै चेकरिपब्लिकनको नेपालस्थित वाणिज्यदूतले अतिरिक्त शुल्का लिएकोमा पर्यटन बोर्डसँग गुनासो गर्नुभएको बुझिएको छ । अध्यागमन विभागले भने लामो समयसम्म रहेका विदेशी नागरिकलाई प्रवेशाज्ञा दस्तुर मात्रै लिएको तर पेनाल्टी शूल्क नलिएको स्पष्ट पारेको छ । पर्यटकका प्रवेशाज्ञा सकिएमा एक दिन भए पनि १५ दिन भएपनि न्यूनतम ४५ डलर तिर्नुपर्ने प्राबधान रहेको विभागले उल्लेख गरेको छ । नेपालमा पर्यटकको हकमा बढीमा तीन महिनासम्मको भिषा अवधि हुन्छ । विदेशी नागरिकलाई ९० दिन, ६० दिन र ३० दिनको प्रवेशाज्ञा अवधि दिइन्छ ।

के गर्दैछ अध्यागमन विभाग
मुलतः प्रवेशाज्ञा प्रक्रिया, विदेशी नागरिकको आवत जावतको सूचना व्यवस्थापनमा सक्रिय हुने अध्यागमन विभाग यतिखेर मुलुक लकडाउनका कारण तुलनात्मकरुपमा कामको बोझ कम छ, तर पनि विभागको व्यस्तता उत्तिकै छ । विदेशी नागरिकलाई उनीहरुको मुलुक फर्कनका लागि सहजिकरण गर्नेदेखि विदेशबाट आएका नेपालीमा कोभिड संक्रमण फेलापरेका व्यक्तिसँगै आएका अन्यको खोजीकार्यमा विभागले सक्रिय भूमिका निर्बाह गरिरहेको छ । विभागले स्वास्थ्यकर्मी तथा नेपाल प्रहरीको सहकार्यमा उनीहरुको खोजी गरिरहेको हो ।

विभागका महानिर्देशक रमेशकुमार केसीले नेपालमा रहेका विदेशीलाई उनीहरुको मुलुक फर्कनका लागि उद्धार उडानको सहजिकरणलगायत काम गरिरहेको राससलाई जानकारी दिए । महानिर्देशक केसीले भन्नुभयो,“अध्यागमन विभागले पर्यटकको सूचना व्यवस्थापनका साथै स्वदेश पर्कन चाहने विदेशीको उद्धार उडानका लागि सहजिकरण गरिरहेको छ । विदेशबाट फर्केर कोभिड संक्रमण फेला परेकोका नेपालीसँगै जहाजमा आएका अन्यको खोजी कार्यमा विभागले सक्रियता जनाएको छ ।” अध्यागमनलाई पनि नेपालमा के कति सङ्ख्यामा विदेशी नागरिक रहेका छन् भन्ने यकिन विवरण छैन । अहिले पनि १० देखि १२ हजारको सङ्ख्यामा विदेशी नेपालमा रहेको विभागको अनुमान छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies