Khabar Dabali Logo
  June 3, Wed

ह्वात्तै घट्यो रिचार्ज गर्नेको संख्या

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप रिचार्ज नगरेको सेवा प्रदायकले जनाएका छन् । यसले निरन्तर आम्दानीमा असर थपिएको सेवा प्रदायकको दाबी छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – सेवा प्रदायकका अनुसार शतप्रतिशत बोनसको व्यवस्थाले रिचार्ज गर्ने प्रवृत्ति ५० प्रतिशतसम्म घटेको छ । बोनस प्राप्त हुँदा पहिले त्यही प्रयोग हुने र सकिएपछि मात्र मूल ब्यालेन्स प्रयोग हुँदा रिचार्जमा स्वभाविक प्रभाव परेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । यसले रिचार्ज गर्ने प्रवृत्ति सामान्य अवस्थामा भन्दा कुनै दिन ५० प्रतिशतसम्म कम देखिएको उनले जानकारी दिए ।

पर्याप्त बोनस ब्यालेन्स उपलब्ध भएपछि रिचार्ज केही घटेको एनसेलले जनाएको छ । तत्कालै समग्र आम्दानीमा यसको प्रभाव नदेखिए पनि एक महिनासम्मको बोनस सुविधापछि असर देखिनसक्ने कम्पनीले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथाम स्वरूप सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म बन्दाबन्दी घोषणा गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले चैत ११ गते नै सेवा प्रदायकलाई रिचार्ज उक्त अवधिभर बराबरकै ब्यालेन्स उपलब्ध गराउन निर्देशन दिएको थियो । सँगै सेवा प्रदायकले प्रयोगकर्तालाई दुई सय रुपियाँसम्म ऋण उपलब्ध गराउनसक्ने प्राधिकरणको निर्णय थियो ।

प्राधिकरणको उक्त निर्देशनपछि नेपाल टेलिकमले चैत १२ गते रातिदेखि लागू हुने गरी रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन सुरु गरेको थियो । चैत १८ गतेभित्र रिचार्ज गरे मात्र उक्त सुविधा पाउनसक्ने र प्राप्त ब्यालेन्स टेलिकमकै नेटवर्कभित्र कल तथा एसएमएस गर्न र डेटाका लागि प्रयोग गर्न सकिने टेलिकमले जनाएको थियो ।

यद्यपि बोनस रकम प्रयोग गर्न सकिने अधिकतम सीमा भने रिचार्जको मूल्यअनुसार कम्पनीले सीमित गरेको थियो । रिचार्जअनुसार दुई दिनदेखि बढीमा छ दिनसम्म बोनस ब्यालेन्स प्रयोग गर्न सकिने टेलिकमले जनाएको थियो ।

टेलिकमको बोनस सुविधा १८ गतेदेखि समाप्त भएको छ । यद्यपि कम्पनीले आफ्नो डेटा शुल्क ३० प्रतिशतसम्म घटाएको र सस्तो प्याक उपलब्ध गराएर भोइस र डेटा उपलब्ध गराएको दाबी गरेको छ । कम्पनीले प्रयोगकर्तालाई ऋण सुविधा भने प्राधिकरणको निर्णयअनुसार अहिलेसम्म बढाएको भने छैन ।

एनसेलले चैत १३ गतेदेखि लागू हुने गरी रिचार्जमा १२० प्रतिशत बोनस उपलब्ध गराएको छ । प्राप्त बोनस तीन दिनभित्र प्रयोग गर्नुपर्ने एनसेलको सर्त छ । त्यस्तै ८० रुपियाँसम्म ऋण सापटी लिन सकिने सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

कम्पनीको यो सुविधा सुरु भएको मितिले एक महिनासम्म लिन सकिने छ । स्मार्ट टेलिकमले भने अहिलेसम्म रिचार्जमै बोनस उपलब्ध नगराए पनि कम्पनीले अहिलेसम्म उपलब्ध गराएका अन्य छुटलाई नयाँ अफरका रूपमा व्याख्या गर्दै बजारीकरण गरिरहेको छ ।

रिचार्जबापत अधिकतम बोनस सुविधा दिएको यो नेपालमै पहिलोपटक हो । रिचार्ज गर्दा नै पर्याप्त बोनस उपलब्ध हुने भएपछि अर्कोपटकको रिचार्जको समय पर धकेलिएको कम्पनीले जनाएका छन् । यसरी समय धकेलिँदा रिचार्जको सामान्य प्रवृत्ति घटेको र त्यसको प्रत्यक्ष असर आम्दानीमा परेको कम्पनीहरूले जानकारी दिएका छन् । यसबीचमा सेवा प्रदायकको डेटा प्रयोग भने व्यापक बढेको छ । घरमै बस्नुपर्ने अवस्था आएपछि इन्टरनेटको प्रयोग बढ्दा ३० प्रतिशतसम्म डेटा प्रयोग बढाएको एनसेलले जनाएको छ ।

टेलिकमको भने यस्तो डेटा प्रयोग ५० प्रतिशतसम्म बढेको दाबी छ । यद्यपि भोइस सेवा तुलनात्मक रूपमा घटेको कम्पनीहरूले जनाएका छन् ।

चैत २३ गते, २०७६ - ०७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्त-व्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर...   

लकडाउनमै कर तिर्न ताकेता, व्यवसायी समस्यामा

कुन–कुन शीर्षकको कर बुझाउनु पर्छ ? काठमाडौं । लकडाउन जेठ ३२ गतेसम्म निरन्तरता दिएको सरकारले कर भने...   

काठमाडौँ महानगरपालिको निर्णय: पहिला श्रम, त्यसपछि मात्रै राहत

काठमाडौं । काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर...   
हाजिर जमानीमा छुटे जुवाडे उच्च घरानिया व्यापारी

हाजिर जमानीमा छुटे जुवाडे उच्च घरानिया व्यापारी

काठमाडौं । लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित...   

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालित

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित...   

कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी, कोरोना संक्रमित भैंसी गोठमा

सुर्खेत । विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले...   
अन्तरजातीय प्रेम विवाह गर्दा झुटा मुद्दामा जेल

अन्तरजातीय प्रेम विवाह गर्दा झुटा मुद्दामा जेल

झापा । झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी...   
जनता आवासले बनाउँदै गरेको घरमा भारतको अवरोध

जनता आवासले बनाउँदै गरेको घरमा भारतको अवरोध

महोत्तरी। भारतले नेपाली भूमिमा निर्माण भइरहेको घरमा अवरोध गरेको छ । दशगजाभन्दा ३० देखि ४० फिटभित्रै...   

कानुनमा पर्याप्त अधिकार, व्यवहारमा ठूल्ठूला अपराध

काठमाडौं । नेपाल सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५...   

सशस्त्र प्रहरीको सीमा हेर्न छुट्टै गणकाे स्थापना

काठमाडौं । सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top