Khabar Dabali Logo
  June 3, Wed

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार सम्म ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ ।

अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने दुई हजार ६५० रहेको छ ।

पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन् ।

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ ।

त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ÷छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन÷तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई÷दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक÷एक जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै सङ्क्रमित तमिलनाडुमा रहेका छन्, जहाँ ४११ जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना सङ्क्रमित भेटिएका छन् । अन्य प्रदेशमा पनि सङ्क्रमितहरु रहेका भएपनि अहिलेसम्म त्यहाँको सङ्क्रमित सङ्ख्या न्यून रहेको छ ।

चैत २२ गते, २०७६ - १९:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

काठमाडौ । विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति...   

बैंकमा अत्यधिक भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता

काठमाडौ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले...   

स्वास्थ्यकर्मीसहित नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार...   

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडौ । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न...   

कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय...   
भारत सरकारले अनुमति नदिँदा ५०० भारतीय मजदुर सीमामा अलपत्र

भारत सरकारले अनुमति नदिँदा ५०० भारतीय मजदुर सीमामा अलपत्र

भद्रपुर । भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा...   

बजारमा खाद्यान्नको कृत्रिम अभाव र मूल्यवृद्धि

काठमाडौ । बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ । खाद्यान्नको...   

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

रोम । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका...   
अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

काठमाडौ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले...   

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : काँग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top