Khabar Dabali Logo
  June 3, Wed

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

राँझा । प्रदेश ५ नं. का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे आज नेपालगञ्जस्थित भेरी अस्पतालमा जानकारी लिँदै मन्त्री बरालले यो अकल्पनीय विपद्को बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्नेमा जोड दिए । उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गर्न लागिपरेको बताउँदै न्यूनतम आवश्यक सामग्री व्यवस्था भइसकेको दाबी गरे ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारले उच्च सावधानीपूर्वक काम गरिरहेको बताउँदै भने, “प्रदेश नं. ५ सरकारले दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, भैरहवा अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गरिसकेका छौँ, नपुगे मेडिकल कलेजका शिक्षण अस्पताललाई पनि खाली गरेर आइसोलेशनका रुपमा प्रयोग गरिनेछ ।”

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले मन्त्री बराललाई जानकारी गराएका थिए ।

चैत २२ गते, २०७६ - १६:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

सिन्धुपाल्चोक । जुगल गाउँपालीकाका अध्यक्ष होम नारायण श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ आएको छ । कोरोना...   
फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र...   
लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६...   
यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित...   
भारतमा ९० हजार कोरोना संक्रमित, २५ सय भन्दा बढिको मृत्यु

भारतमा ९० हजार कोरोना संक्रमित, २५ सय भन्दा बढिको मृत्यु

नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४...   
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर...   
स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

लम्की । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न...   
नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

नेपालगञ्ज । बन्दाबन्दीका कारण नेपालगञ्जको एकलैनी बजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको...   
काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा...   
भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता

भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता

कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top