Khabar Dabali Logo
  June 3, Wed

आम सर्वसाधारणलाई आग्रह ‘आफू बाँचौँ र अरुलाई बचाऔँ’

पोखरा । मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) गण्डकीले लकडाउनको पालना गर्दै आँफू बच्न र अरुलाई बचाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले शुरु गरेको लकडाउन पूर्ण पालना गरी आपूm बच्न र अरुलाई पनि बचाउने अभियानलाई सहज र सार्थक पार्न आम जनसमुदायलाई आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष असफल गौतम र महासचिव सुशील श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लकडाउन अवधिमा कोही भोकै मर्न नपरोस् भनेर तीनै तहमा निर्देशन दिई वास्तविक पीडित श्रमिकलाई दैनिक जीविकोपार्जनका लागि स्थानीय सरकारसमक्ष सम्पर्क राख्न भने पनि उनीहरूले राहत पाउन नसकेका प्रति चासो व्यक्त गरिएको छ ।

दैनिक ज्यालादारी र विपन्नको लगत सङ्कलन गरी राहत दिने भनेता पनि वडामा सङ्कलित फारममा फ्ल्याट भाडावाला, उच्चपदस्थ कर्मचारी, विभिन्न पसलवाला, पेन्सनवाला हुँदाहुँदै घरधनीवालासमेतले फारम भरेको अनुगमनका क्रममा फेला परेको हुँदा त्यसप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । झन्झटिलो राहत वितरणलाई छिटो र प्रभावकारी रूपमा अगाडि बढाउन पनि सङ्घले माग गरेको छ ।

कोभिड–१९ विरुद्ध सरकार पूर्ण तयारी अवस्थामा छ भनिरहेको बेला पोखराकै ठूलो अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य अवस्थाका बिरामीले समेत उपचार नपाएर खाली चौरमा रात बिताउनुपरेको समाचारप्रति पनि सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चैत २२ गते, २०७६ - १५:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

सिन्धुपाल्चोक । जुगल गाउँपालीकाका अध्यक्ष होम नारायण श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ आएको छ । कोरोना...   
फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र...   
लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६...   
यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित...   
भारतमा ९० हजार कोरोना संक्रमित, २५ सय भन्दा बढिको मृत्यु

भारतमा ९० हजार कोरोना संक्रमित, २५ सय भन्दा बढिको मृत्यु

नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४...   
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर...   
स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

लम्की । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न...   
नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

नेपालगञ्ज । बन्दाबन्दीका कारण नेपालगञ्जको एकलैनी बजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको...   
काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा...   
भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता

भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता

कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top