Khabar Dabali Logo
  May 29, Fri

सिन्धुपाल्चोकबाट लकडाउनको मौका छोपी बढी मूल्य लिने व्यापारी पक्राउ

चौतारा । कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो । उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु ९६ मा बिक्री गर्नुपर्नेमा रु ११० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ । उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

चैत २२ गते, २०७६ - १४:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोती घटनाका दोषीलाई कारवाही गर : शान्ति समाज

काठमाडौ । रुकुमपश्चिमको चौरजहारी सोतीमा भएको घटनाको उच्चस्तरीय निष्पक्ष समिति गठन गरी दोषीलाई कारवाहीको...   

बाँच्न पाउने हक सुनिश्चित गर्न आयोगकाे माग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका...   
लकडाउनका कारण बिक्री भएन लिची

लकडाउनका कारण बिक्री भएन लिची

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका...   

सोती घटना : छानबिन समितिद्वारा बिहीबारदेखि काम शुरु

जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले...   

महोत्तरीमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा जोड

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय...   

सिन्धुपाल्चोकमा घोगा लाग्न शुरु भएको मकै हावाहुरीले सोत्तर

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै...   

अमेरिकामा बेरोजगारीको संख्या झनै बढ्यो, ४ करोड १ लाखले भरे बेरोजगारी भत्ताको फाराम

वासिङ्टन । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति...   

सोमालियामा नौ चिकित्सकको हत्या

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको...   

सङ्घद्धारा यातायात मजदूरको काेरोना परीक्षण गर्न माग

काठमाडौ । नेपाल यातायात मजदुर सङ्घले काेरोना भाइरसकाे सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका...   

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top