Khabar Dabali Logo
  May 29, Fri

दुर्गममा यी स्थानहरुमा हवाईमार्फत खाद्यान्न पठाउँदै सरकार

सुर्खेत । हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न पठाउन शुरु गरेको छ । कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा चल्ने निजी विमानबाट सरकारले खाद्य ढुवानी गर्न लागेको हो । हुम्लाका साथै डोल्पामा खाद्यान्न निर्यातको एक मात्र विकल्प हवाई सेवा नै भएकाले आकाश मार्गबाट खाद्य पठाइएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं आपूर्ति समितिका संयोजक नन्दसिंह बुढाले जानकारी दिए ।

विश्व महाआरीका रुपमा देखिएको नोेवेल कोरोना भाइरसको प्रतिकार्य तथा रोकथामका लागि नेपाल सरकारद्वारा घोषित लकडाउनमा नागरिकको खाद्य अधिकार सुरक्षित गर्न सडक सञ्जालको सहज पहुँच नभएका जिल्लामा सीता, तारा, समिटलगायतका निजी एयरलाइन्सबाट कर्णाली सरकारले खाद्य आपूर्ति गरेको मन्त्री बुढाले बताए । उनका अनुसार यो समयमा कुनै ठाउँमा खाद्य अभाव भएको खबर नआओस् भनेर सरकार सक्रिय भएर लागेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले हुम्लाको खाद्य अभाव पूर्ति गर्न हाल २०० र मुगुमा १०० क्विन्टल चामल पठाइएको राससलाई बताए । “डोल्पालगायतका अन्य जिल्लामा अहिले खाद्य सञ्चित नै छ”, प्रमुख थापाले भने, “सम्बन्धित जिल्लाले खबर पठाए हामी जतिबेला पनि पठाउन तयारी अवस्थामा छौँ ।”

रासससँग कुरा गर्दै कार्यालय प्रमुख थापाले भने, “प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १, ५, ९, १२ र १३ वडामा ५०० क्विन्टल वितरण गरिएको छ । आपूर्ति समितिले कहीँकतै अभाव हुन दिएको छैन । हामीसँग हाल ४४ हजार क्विन्टल खाद्यान्न सञ्चित छ । यसले कर्णालीको करिब १८ लाख जनसङ्ख्यालाई करिब तीन महिना खान पुग्छ । मूलत स् यो व्यापार कम्पनीको जगेडा खाद्य मात्र हो । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।”

उनले यसअघि वीरेन्द्रनगरका केही बस्तीमा आफैँ पुगेर खाद्य डेलिभरी गरिएको बताए । प्रमुख थापाका अनुसार खाद्य आपूर्तिलाई सहज, चुस्त, छरितो र प्रभावकारी बनाउन आपूर्ति समिति निर्वाध लागि परेको छ ।

चैत २२ गते, २०७६ - १३:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद, प्रहरीको निर्घात कुटाइबाट दुई युवकको हात भाँचियाे

प्युठान । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट...   

गोँगबुमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ...   
वन्यजन्तुको मासुसहित १० जना पक्राउ

वन्यजन्तुको मासुसहित १० जना पक्राउ

सल्यान । जंगली जनवारको मासुसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका –७...   
प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठुला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व...   

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने मन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलामाथि हुने सबै प्रकारका...   

रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु

रोल्पा । चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका...   

सरकारले तत्काल २५ हजार नेपालीलाई स्वदेश ल्याउने, जहाज भाडा र होटल खर्च आफैंले व्यहोर्नु पर्ने

युएइमा रहेका २८ जना गर्भवती र कुवेतमा माफी पाएर बसेका पहिलो प्राथमिकतामा काठमाडौँ । सरकारले विदेशमा...   

सरकारले भारतबाट फर्किने नेपालीका लागि तोक्यो यी २० नाका

काठमाडौँ । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरु २० वटा नाका आउन पाउने भएका छन्...   

अग्रपङ्तिमा रहेर खटिने एक सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने १०० भन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य...   

पहिलो पटक श्रम केन्द्रित बजेट, करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top