Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

देशमा सबैको चर्चा छ, एम्बुलेन्स चालकको स्वास्थ्य र सुरक्षा ओझेलमा

काठमाडौं । रोना भाइरसका कारण एम्बुलेन्सचालक र कर्मचारीको व्यस्तता बढेको छ । बिरामीलाई अस्पताल ओसार्न उनीहरू अहोरात्र खटिएका छन् । तर, बिरामीसँगको प्रत्यक्ष सम्पर्कका कारण संक्रमणको उच्च जोखिममा रहने उनीहरूको सुरक्षा–प्रबन्ध भने फितलो छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भक्तपुर अस्पतालका एम्बुलेन्सचालक कृष्णराम कोजू बिरामी तथा बिरामीका नमुना परीक्षणका लागि टेकु अस्पताल पुर्‍याउँछन् । राजधानी र राजधानीबाहिरका अस्पतालसम्म बिरामी बोक्छन् । तर, सामान्य अवस्थामा लगाइने मास्क, पन्जा र चस्माकै भरमा कुदाकुद गर्दा डर लाग्ने गरेको कृष्णराम बताउँछन् ।

‘अहिलेसम्म १० शंकास्पदको रगत र खकारको स्याम्पल लिएर टेकु अस्पताल पुगेको छु । कोरोनाका लक्षण देखिएका बिरामीलाई अस्पताल ओसार्नुपर्छ । एम्बुलेन्समा राख्दा र ओराल्दा बिरामीलाई छुनुपर्छ,’ उनले भने, ‘तर, सुरक्षा साधन नहुँदा संक्रमण हुने हो कि भन्ने डर लाग्छ । के गर्नु जसरी भए पनि जिम्मेवारी पूरा गर्नैपर्‍यो ।’

अर्का एम्बुलेन्सचालक सीताराम कोजू पनि असुरक्षित रहेर काम गर्नुपरेको गुनासो गर्छन् । ‘आराम गर्ने फुर्सद नपाएकोमा चिन्ता छैन । संकटका वेला बिरामीको सेवामा खटिनु हाम्रो धर्म नै हो । तर, सुरक्षाका आधारभूत सुविधा नै नभएपछि संक्रमण होला कि भन्ने डर लागिहाल्छ नि १’ उनले भने । सामान्य मास्क, पन्जा र चस्माबाहेक केही नभएको उनले गुनासो गरे ।

स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयोजकत्वमा उपत्यकाभित्र १० एम्बुलेन्स सञ्चालनमा छन् । यिनैमध्ये एक एम्बुलेन्सका चालक विकास राउत दिनमा २२ घन्टासम्म काममा खटिनुपरेको बताउँछन् । उनलाई पनि निद्रा गुमेकोमा भन्दा आफैँ संक्रमणको जोखिममा रहेकोमा चिन्ता छ ।

‘सामान्य अवस्थामा दैनिक चार–पाँच टिप गरे हुन्थ्यो । अहिले एक्लैको भागमा १२–१५ केस आउँछन् । दुई घन्टा पनि सुत्न पाइँदैन । तर, सवाल कामको भन्दा पनि सुरक्षाको छ,’ उनले भने, ‘दिनभर सामान्य अवस्थामा बिरामीको संसर्गमा रहनुपर्छ, अनि घरमा परिवारका सदस्यलाई आफैँबाट संक्रमण फैलिन्छ कि भन्ने डरले सताउँछ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies